© 2026
काठमान्डौँ ।
सरकारी कार्यालयको समय भोलि कात्तिक १६ गतेदेखि परिवर्तन भएको छ । जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नयाँ समयतालिका लागू हुनेछ । शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार कार्यालय समय एक घण्टा घटाइएको छ ।