Butwal Today

पोखराको लगातार दोस्रो हार, जनकपुरको जित

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौं । ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार दोस्रो जित निकालेको छ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो।

जनकपुरको जितमा मोइन अलीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले समान २ विकेट लिए भने जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट हात पारे। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। विपिन आचार्यले २० र विपिन खत्रीले अविजित १६ रन बनाए। किरण ठगुन्नाले १५ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यसअघि टस जितेर फिल्डिङ रोजेको पोखराविरुद्ध पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।

जनकपुरका ओपनर तृतराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। योसँगै एनपीएलमा उनको छैटौँ अर्धशतक पूरा भएको छ। अर्का ओपनर मोइन अलीले १६ बलमा ३ चौका र एक छक्कासहित २१ रन बनाए। अविशेक तिवारीले अविजित २४ रन जोड्दा जिम्मी निसमले ११ रन बनाए। कप्तान हरमित सिंह र अनिल शाहले समान ९ रन बनाए।

पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान एक विकेट लिए भने मेहदी हसनले पनि एक विकेट हात पारे। यस जितसँगै तीन खेल खेलेको जनकपुरले दुई जित र एक हारसहित चार अंक जोडेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराएको थियो। यता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

एनपीएलअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच मध्यान्ह १२ः३० बजे प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज साँझ ५ बजे आमनेसामने हुनेछन्। विपद्का कारण ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ भने १२ वटा गोठ पूर्ण र १८ वटामा आंशिक क्षति पुगेको उनले जानकारी दिए । अध्यक्ष रोकाका अनुसार एक(एक वटा ग्रिनहाउस र पोखरीमा क्षति पुगेको छ । घरवास गुमाएका र विस्थापितहरूलाई सुरक्षित गाउँमा रहेका आफन्त तथा छिमेकीका घरमा व्यवस्थापन गरिएको मङ्गला–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताए । उनका अनुसार मङ्गलामा रहेका २० वटा सडक पहिरोले क्षतिग्रस्त भएका छन् ।

सिँचाइ र खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ ।पहिरोका कारण विस्थापित भएका मङ्गला(३ बरङ्जाका गङ्गाप्रसाद पुर्जाले पुनःनिर्माणको प्रतीक्षामा रहेको बताए । अर्का विस्थापित सुकमाया पुर्जाले बस्तीमाथिको सडकबाट आएको भलका कारण पहिरोबाट विस्थापित भएर गोठमा बस्नुपरेको बताए । आरवाङका कृष्णलाल सापकोटाले तत्काल बस्ती संरक्षण र पहिरो नियन्त्रणको काम नगरे आगामी बर्खामा थप क्षति हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?