ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह

२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्।

शुक्रबार काठमाडौंमा ३०औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाई थियो।

अहिले २०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गरे। जनतालाई अधिकार सम्पन्न बनाउनका लागि २००७ साल, २०४६ साल र २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको २०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए।

थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताए। ‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ। जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छरु’, उपप्रधानमन्त्री सिंहले भन्ने, ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो की भन्ने हल्ला चलाइएको छ। गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’

२०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गछौं भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि सरकार अघि बढेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?