Butwal Today

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

२३ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो।

काठमाडौँबाट रसुवाको स्याफ्रबेसीतर्फ गइरहेको हेलिकप्टर नुवाकोटको  शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो। हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।