© २०२३
दाङ ,१७ साउन ।
दाङको तुलसीपुरमा घरको सिंढीबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान करिब साढे ७ बजेतिर घरको सिडि बाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ३ घर भइ हाल १ महिना अगाडिदेखि तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाइनमा कोठा भाडामा बस्ने चन्द्रवीर परियारकी श्रीमती ४२ वर्षीया तिला परियार रहेकी छिन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको मेडिकल कलेज कोहलपुर पुर्याए लगत्तै बिहान साढे ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी