© २०२३
बुटवल ।
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथलिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् ।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताए ।
‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ।’ उनले भने ।
मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरि सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा असन्तुस्टि देखिएको छ ।
महासचिव पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी