© २०२३
बुटवल ।
नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने चार मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथसँगै एकसाथ मन्त्री परिषद बिस्तार गर्ने योजना अनुसार एमालेबाट मन्त्रीहरुको नाम टुंगीएको हो
एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेबाट भोलि रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।
यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री थिए भने पन्थी आन्तरिक मामिला मन्त्री थिए । यसैबीच संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ ।