ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

घोराही–तुलसीपुर चारलेन सडक बिस्तारको काम अघि बढाउन नागरिक समाजको ध्यानाकर्षण

७ श्रावण २०८१, सोमबार
७ श्रावण २०८१, सोमबार

दाङ, ७ साउन ।

घोराही–तुलसीपुर जोड्ने चारलेन सडक बनाउने नाममा लामो समयदेखि सडक अलपत्र पर्दा मानवीय तथा भौतिक क्षति बढी रहेको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा सोमबार घोराहीमा बसेको नियमित बैठकले चारलेन सडक बिस्तार कार्य अहिले अलपत्रको अवस्थामा पुग्दा सवारी दुर्घटना बढ्नुका साथै मानवीय क्षति बढेको प्रति सरोकार निकाय मुकदर्शक भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

२०७५ भदौमा सडक बिस्तार गर्ने भन्दै शिलान्यास भएको ६ वर्षको अवधिमा सडकको दायाँबायाँ किनारा कटान गरी सडक साँघुरो बन्नुका साथै धरापको अवस्थामा पुग्दा दुर्घटनामा परी ५० जना जति नागरिकले अनाहकमा ज्यान गुमाउनुका साथै भौतिक क्षति प्रति गम्भीर बन्न समाजले सरोकार निकायको ध्यानकर्षण गराएको छ ।

काम सक्ने बेलामा काम नभए पछि सडक ठेक्का रद्द भएको हुँदा अबिलम्ब नयाँ ठेक्का प्रकया अघि बढाउँदै निर्धारित समय भित्र नक्सा डिजाईन गरी लागत अनुसारको काम सम्पन्न गर्न ध्यानाकर्षण समेत गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको रजिष्ट्रार निलम्बन लगायत पटक–पटकको तालाबन्दी जस्ता अशोभनीय कार्य प्रति समाजले ध्यानकर्षण भएको जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ बमोजिम कुलपतिबाट तत्काल उच्च स्तरीय अधिकार सम्पन्न जाँचबुझ समिति गठन गरी स्थायी रुपमा समस्याको समाधान निकाल्न समेत नागरिक समाजले अपिल गरेको छ ।

यसैगरी, विद्यालय बढ्दै गरेका विद्यार्थीहरु लागुपदार्थ दुव्र्यसनमा संलग्न हुने क्रम बढ्दै गएको पाईएकाले यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था आएको समाजले ठहर गरेको छ ।

भोलिको युवा शक्ति तथा देशको कर्णधार भनिएका विद्यार्थीहरुलाई लागुपदार्थको दुव्र्यसनको दलदलबाट मुक्त गर्न स्थानीय सरकार, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत समाजका सबै पक्ष जिम्मेवार हुन तथा प्रभावकारी अनुगमनमा ध्यान दिन ध्यानाकर्षण गराएको छ ।

हालै प्रकाशित एसईईको नतिजामा सामुदायिक विद्यालयको नतिजा निकै खस्किएको हुँदा नेपालको संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन, शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सरोकार निकायको ध्यानाकर्षण गराएको छ । यसैगरी, शैक्षिक वातावरण निर्माणका लागि सरोकार निकायको सहभागितामा वृहत अन्तरक्रिया गर्ने निर्णयसमेत भएको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

समाजले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानमा परी ज्यान गुमाएका तथा असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालस्थित त्रिसुली नदीमा दुई वटा बस दुर्घटनामा परी दिवंगत हुनु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । साथै अहिलेसम्म नभेटिनु भएकाहरुको खोजी कार्य छिटो गरी दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा समाजका सदस्यहरुले सार्वजनिक सेवा प्रदायक निकायहरुमा देखा परेका विभिन्न समस्याहरुका बारेमा धारणा राखेका थिए । जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विपदजन्य विषयमा समेत वृहत छलफल भएको समाजका सचिव श्रेष्ठ्ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?