© २०२३
बुटवल, ६ साउन ।
एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाइ अगाडि बढाउने सहमति जुटेको हो ।
केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो । लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने भएका हुन् ।
एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । दुबै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुख सक्षम आज नै दावी पेश गर्ने तयारी गरिएको छ ।
आज बस्ने संसद बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने तयारी गरेका छन । तर, एमाले र कांग्रेसको विचमा मुख्यमन्त्रीको लागि सहमति भएपछी महराले संम्बोधन गरेर राजिनामा दिन सक्ने उनको सचिवालयले जनाएको छ ।