Butwal Today

देउखुरीमा सर्पले डसेर एकजनाको मृत्यु

३ श्रावण २०८१, बिहीबार
अ+
अ-

दाङ।

दाङको देउखुरीमा बिसालु सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर – १ कटबेरुवा निवासी १४ वर्षिय सुस्मिता रोकाको मंगलबार राती बिषालु सर्पले डसेर ज्यान गएको छ।

घरमा सुतिरहेको समयमा राती सर्पले डसेको पारिवारिक स्रोतले जानकारी दिएको छ। सर्पले डस्दा पनि थाहा नपाएको र बिहान सुस्मिता मृत फेला परेएको परिवारले बिहान के भयो भनेर अस्पताल लगेर स्वास्थ्य चेकजाँच गर्दा बिषालु सर्पको डसाइ बाट ज्यान गएको बताईएको छ।