Butwal Today

सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न

३ श्रावण २०८१, बिहीबार
अ+
अ-

दाङ, २ साउन ।

सञ्चारिका समूह नेपाल दाङको तेस्रो साधारण सभा एवं अधिवेशन बुधवार दाङको घोराहीमा सम्पन्न भयो । सञ्चारिका समूहले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको कार्यक्रमका सहभागीले बताएका छन् ।

उनीहरुले सञ्चारिकाले गर्दै आएको काम प्रशंसायोग्य रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महिलाको क्षमता विकासका लागि सञ्चारिकाले सकारात्मक भूमिका निभाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले पछिल्लो समय पत्रकार महिलाहरुमा निरासा छाएकोले उनीहरुलाई प्रोत्सान गर्ने खालका कार्यक्रम गर्न सल्लाह दिइन् ।

महासंघका सल्ललाहकार लक्ष्मी आचार्यले पत्रकार महिलाहरु क्षमता विकास गर्दै सञ्चार क्षेत्रमा टिकीराख्ने वातावरण गर्नुपर्ने बताइन् । सञ्चारिका समूह दाङकी पूर्व अध्यक्ष नारायणी रजौरे, रेडियो, सञ्चारिका समूह लुम्बनी प्रदेश अध्यक्ष अमृता अनमोल, रेडियो मध्यपश्चिका सचिव शारदा शर्मा, डब्लुडब्लुजेका उपाध्यक्ष पार्वती बस्नेत, सञ्चारिका समूह नेपालका जिल्ला अध्यक्ष सुलोचना गौतमको लगायतले धारणा राखेका थिए ।

नयाँ कार्यसमिति चयन

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । सञ्चारिका समूह दाङको नेतृत्वका लागि रञ्जिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिसिखा चौधरी, सहसचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो । यसैगरी सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल, रिता लामा, जयन्ती चौधरी, विमला घर्ती र रमा नेपाली रहेका छन् । अन्य सदस्य आगामी बैठकमा मनोनित गर्ने गरी कार्यसमिति गठन गरिएको जनाइएको छ ।