© २०२३
पाल्पा, २१ असार ।
जिल्ला प्रशासन कार्यालय पाल्पाको जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य साहायता केन्द्र संचालनमा ल्याएको छ । नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचयपत्र बनाउनेदेखि अन्य प्रयोजनका लागि आउने नागरिकलाई लक्षित गरेर नगरपालिकाको समन्वयमा बुधबार देखि संचालन गरिएको प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन् ।
सेवा लिन पुग्ने नागरिकको स्वास्थ्य परिक्षण देखि परामर्श दिने काम भएको छ । पछिल्ला समयमा राष्ट्रिय परिचयपत्र बनाउन आउनेको सख्या बढेको छ । २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही समूहले पाल्पाको जिल्ला प्रशासन कार्यालयमा रहेको पाल्पा दरवार नेकपा आक्रमणमा ध्वस्त गरेपछि आम नागरिकको महत्वपूर्ण कागजपत्र समेत जलेर ध्वस्त भएको थियो ।
दरवार आगजनीबाट ध्वस्त हुनुभन्दा अगाडि जिल्लाबाट जारी भएको नागरिकताको अभिलेख जलेका कारण नागरिकताको प्रमाण पत्र पुन बनाउनु पर्ने भएका कारण राष्ट्रिय परिचयपत्र भन्दा नागरिकताको प्रमाण पत्र बनाउनेको ठुलो संख्यामा भिड भएकोले जेष्ठ नागरिक, अपाङ्गता तथा असक्तलाई लक्षित गरी नागरिकको स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।