© २०२३
बुटवल, २० असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँदा निरंकुशता हुने आशंका पनि उत्पन्न हुने बताएका छन् ।
लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा देश निरंकुशतातिर र अराजकतातिर जान्छ भन्ने चिन्ता छ । बिहीबार वीरगञ्जमा बोल्ने क्रममा कोइरालाले भने, ‘त्यसको पहरेदारी कांग्रेसले गर्नुपर्छ । त्यतातिर जान दिन हुँदैन ।’
राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपरेको सुनाउँदै कोइरालाले त्यसका लागि एमालेसँग सरकार बनाउनु परेको सुनाए । यो गठबन्धन के, कसरी र किन भन्ने आफ्नो ठाउँमा भए पनि संविधान संशोधनका लागि बनेकाले स्वाभाविक लिनुपर्ने बताए ।
प्रत्यक्ष निर्वाचनबाट एउटा दलले बहुमत ल्याउन सकिने अवस्था बन्ने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए । दुई ठूला दलले अन्य दलसँग चुनावी तालमेल नगर्न प्रतिवद्ध हुनुपर्ने कोइरालाले बताए । चुनावी तालमेल नगर्ने दुई ठूला दलको निर्णय भएमा साना दलहरू विस्तारै विलय हुँदै जाने परिस्थिति बन्ने कोइरालाले बताए ।
राष्ट्रिय सभामा समानुपातिक तर्फबाट चुनिने गरी संविधान संशोधन गर्न सकिने उनले तर्क गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी