तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ ।
रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। दाङमा अविरल वर्षाका कारण खोलाहरुमा बाढी आएको छ ।