ट्रेंडिंग:

>> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी

बुटवलमा अब ‘रात्रीकालिन बजार’

रात्रीकालिन बजार संचालनका लागि कार्यविधिमा नै ३ समुहमा समयावधि तोकिएको छ । पहिलो रात्री ११ बजे, दोस्रो १ बजेसम्म र तेस्रो भनेको होल नाईट खोल्न पाउने प्रावधान हो । नेपालको ठूलो र सिमाबाट नजिकको शहर बुटवल भएको हुदा पनि यहा रात्रीकालिन बजार चलाउदा आर्थिक चलायमान हुने सम्भावना छ ।
२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

बुटवल, २५ जेठ । मिलनचोकका अभिषेक भारी अधिकास ट्राफिक चोकको ठेलामा कफी पिउन जान्छन । साथीभाईसंग चोकमा बसेर कफी पिउदा आनन्द मिल्ने उनी बताउछन । ‘दिनभर काम सकेर साझ केही समय भएपनि साथीभाईसंग बस्दा थकान कम हुन्छ ।’—उनले भने । धेरै पहिले बुटवलको ट्राफिक चोकमा रातभरी नै बजार चलेको उनलाई स्मरण छ । साझको समय धेरै युवाहरू जाडोमा कुकर कफी र गर्मीमा लस्सी पिउन यहाँ आउने गर्छन । पश्चिम र पूर्वका सवारीहरू रोक्ने मुख्य नाका नै कुनै समय यो चोक थियो ।

कालिकानगरका दिपक कार्की ट्राफिक चोकमा पकौडा र माछाको परिकार खाएको स्मरण गर्छन । ‘सडकमै मिठो परिकार पाईन्थ्यो ।’—उनि भन्छन । विकाससंगै अहिले यहाको बजारको चहलपहल घटेको उनको तर्क छ । दिनभर काम गर्ने मान्छेलाई रातीको समयमा घुम्न पाउनु धेरै राम्रो हुने उनि बताउँछन् ।

प्लान बि का संचालक जिवकान्त काफ्ले अहिले ठुला लगानीका धेरै सेवा उद्योगहरू धरापमा रहेको बताउँछन । यस क्षेत्रमा प्लान बि स्थापना हुदा ८२ जनालाई रोजगार दिएको भन्दै पछिल्लोसमयमा आर्थिक मन्दीका कारण ठुलो मारमा परेको दुखेसो गरे । ‘मासिक १२÷१५ लाख रूपैया खर्च धान्न कठिनाई भएको छ ।’—उनले भने । कर्मचारी कटौती गरेर १८ जनामा सिमित गर्नुपरेको उनले बताए ।

दुई दशक लामो समयदेखी रूपन्देही बुझेका रामचन्द्र अर्याल ट्राफिक चोकमा धेरै पहिलेदेखी रात्रीकालिन बजार रहेको बताउबँछन । कुनै समय रात्री बसमा बुटवल आउदा यही चोकमा बिहान ३ बजे झरेर कफी पिएको उनि सम्झना गर्छन । हाल रूपन्देही जिल्ला प्रशासन कार्यालय भैरहवामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अर्यालले अब समयसापेक्ष बैज्ञानिक रात्रीकालिन बजार संचालन गर्नुपर्नेमा जोड दिन्छन । ‘पहिलेभन्दा शहरीकरण बढेको छ, न्युनतम आधारभुत आवश्यकताहरू पुरा गर्नुपर्छ ।’—उनले भने । रात्रीकालिन बजारको सम्भावना रहेको भन्दै उनले यसका लागि मुख्य ३ कुराहरूमा ध्यान दिनुपर्ने बताए । ‘पहिलो कुरा सुरक्षा, दोस्रो विधि र तेस्रो कुरा लगानीकर्ता यसका कारक हुन ।’—उनले भने । बैज्ञानिक र विधिसम्वत रूपमा रात्रिकालिन बजार संचालन भएको रूपन्देही पहिलो भएको समेत उनले दाबी गरे । ‘२०७९ सालमा कानुन निर्माण भई ५६ वटा मापदण्डहरू पुरा गर्नुपर्ने प्रावधान राखेर यहा रात्रीकालिनको स्वीकृति दिएका हौ ।’—उनले भने ।

रात्रीकालिन बजार संचालनका लागि कार्यविधिमा नै ३ समुहमा समयावधि तोकिएको छ । पहिलो रात्री ११ बजे, दोस्रो १ बजेसम्म र तेस्रो भनेको होल नाईट खोल्न पाउने प्रावधान हो । अहिले किराना पसलहरू पनि राती ११ बजेसम्म खोल्न स्वीकृति दिएको उनले बताए । यसबाहेक क्लब, डिस्को, लाउन्चलाई राती १ बजेसम्म र कफि, बेकरी बिक्रि गर्ने पसलहरू भने होल नाईट खोल्न पाउने ब्यवस्था रहेको उनले बताए । नेपालको ठूलो र सिमाबाट नजिकको शहर बुटवल भएको हुदा पनि यहा रात्रीकालिन बजार चलाउदा आर्थिक चलायमान हुने सम्भावना रहेको उनी बताउँछन ।

रूपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्यालले रूपन्देहीलाई पर्यटनबाट नै आर्थिक चलायनमान गराउन सकिने सम्भावना रहेको बताए । न्युनतम मापदण्ड पुरा गरेर रात्रीकालिन बजार चलाउनुपर्ने उनले सुझाव दिए । न्युनतम मापदण्ड भित्र सिसिटिभि, सडकको अवस्था, प्राईभेट सेक्युरिटी, नजिकको सेक्युरेटीको दुरि, पार्किङको अवस्था, बत्तिको अवस्था, चेकजाच आवश्यक हुने उनले बताए । छिमेकी भारतबाट आउने पर्यटकलाई लक्षित योजना अघि बढाउनुपर्ने उनको सुझाव छ । रात्रीकालिन ब्यवस्थित गर्दै लैजान आफु तयार रहेको उनले बताए । ‘प्रशासनको स्वीकृति र सुरक्षाको पाटोमा तयार छौ ।’—उनले भने । नेपाल भारतको सिमा नाका बेलहिया १० बजे पछि सिमा बन्द हुने गर्दछ । त्यो खुला गर्ने कुरा समेत आफुले प्रक्रिया अगाडि बढाएको उनले बताए । रात्रिकालिन सेवा केवल होटल र रेष्टुरेन्ट मात्र नभई यससंग जोडिएका अन्य सबै ब्यापार ब्यवसाय खोल्न जरुरी रहेको उनले बताए । कतिपय किराना पसल, फेन्सी सबै खोल्ने वातावरण जरुरी रहेको उनले बताए ।
‘पहिलो चरणमा एक स्थानबाट शुरुवात गरौ ।’—उनले भने । कतिपय पालिकाहरूबाट आआफ्नो ढंगमा रात्रिकालिन संचालनको स्वीकृति दिने घोषणा गरेकोप्रति आपत्ति जनाउदै यो काम प्रशासन भएको बताए । यसका लागि आवश्यक पुर्वाधार विकासको काम स्थानिय पालिकाको भुमिका रहने उनको तर्क छ । सिमा क्षेत्रमा पर्यटकको सुविधा हुने गरि बिस्तार सेवा एकिकृत चेक जाँचको ब्यवस्था गर्न लागेको उनले बताए । यसैगरि हप्ताको ६ दिन राती ११ बजेसम्म र शुक्रबार एक दिन रातीको १२ बजेसम्म खोल्ने प्रावधानलाई कार्यान्वयन गर्ने गरि पहल भैरहेको उनले बताए ।

यसैबिच विहिबार रूपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा रूपन्देहीका ब्यवसायीक संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रात्रीकालिन बजार संचालन गर्न सकिने सम्भावना रहेको बताए । निजि क्षेत्रको लगानीमा खुलेका होटल, लाउन्च क्याफे, डान्सबार, रेष्टुरेन्टलाई न्युनतम मापदण्ड पुरा गरि रात्रीकालिन चलाउन दिने विषयमा आफुहरू तयार रहेको उनले बताए । स्थानिय सरकारबाट केन्द्रीय कार्यविधिलाई नकाटिने गरि कानुन बनाएर अघि बढाउन उनले आग्रह गरे ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले आर्थिक मन्दीको मारमा परेको बजार उकास्न रात्रिकालिन बजार एउटा विकल्प मानिएको बताए । कतिपय अवस्थामा शान्ति सुरक्षामा मानविय व्यवहार प्रति संवेदनशिल हुन जरुरी देखिएको उनले बताए । रात्रिकालिन बजारका लागि नागरिकस्तरमा संयन्त्र तयार गरेर जादा राम्रो हुने उनको तर्क छ ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापाले बुटवलका ३ क्षेत्रमा रात्रिकालिन बजारमार्फत आर्थिक चलायमान बनाउने गरि अवधारणा तयार गरेको बताए । रूपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा स्थानिय सरकार, सुरक्षा निकाय, प्रशासनसंग समन्वय गरि आवश्यक न्युनतम आधार पूरा गरि सेवा संचालनको तयारीमा रहेको उनले बताए । बुटवलको कालिकापथ, अमरपथ र ट्राफिक चोक क्षेत्रलाई रात्रिकालिन चलाउन सकिने आवश्यक पुर्वाधार अहिले तयार रहेको उनले बताए । धरासायी पर्यटन ब्यवसायलाई उकास्न रात्रीकालिन बजार उत्तम बिकल्प भएको उनले दाबी गरे ।

कार्यक्रममा संघका सल्लाहकार माधव नेपालले अहिलेको कठिन समयमा पर्यटन ब्यवसायलाई केही हदसम्म राहत मिल्ने हुदा सबै संघसंस्थाहरू एकजुट भएर लागेको बताए । रात्रिकालिन समयलाई १ बजेसम्म संचालनको पहल गर्न सके धेरै राहत मिल्ने उनको तर्क छ ।
कार्यक्रममा रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रन्जित सिह राठौरले अहिले स्वीकृति लिएका होटलहरूमा सुरक्षा दिन सफल भएको बताए । संचालकहरू अब प्रविधिमा जोड दिनुपर्ने उनको तर्क छ । सुरक्षा चुनौती मुख्य भएको भन्दै उनले क्लब र रेष्टुरेन्टबाट निस्केपछि झैझगडा, दुर्घटना हुने समस्या धेरै देखिएको बताए । ‘यसकारण पनि चेकजाच बढी गर्दै आएका छौ ।’—उनले भने । आर्थिक चलायमान हुने राम्रो सम्भावना हुदा यसमा सकारात्मक भएको भन्दै संचालन पुर्वाधारमा भने ध्यान दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले युवा पलायन रोक्दै रोजगार सृजना गर्ने उपयुक्त बिकल्प रात्रीकालिन भएको दाबी गरे । स्थानिय पालिकाबाट उज्यालो शहर अन्तरगत चोकचोकमा हाईमास लाइट जडानसंगै सरोकारवाला निकायहरूका बिचमा सहकार्यमा न्युनतम पुर्वाधारलाई पुरा गरि औपचारिक रूपमा शुरुवात गर्ने तयारीमा रहेको उनले बताए । प्याकेज र मनोरन्जनात्मक कार्यक्रममा जोड दिएको उनले बताए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100% 0% 0% 0%