© २०२३
गुल्मी, १४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष अन्तक्र्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोश्रो चौमासिक अबधिको प्रगति समीक्षासँगै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले पालिकाले दोश्रो चौमासिक अबधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च बिबरणको बारेमा सेवाग्राहीलाई जानकारी गराएका थिए । पन्थीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार गाउँपालिकामा ६० घरपरिवारका २ सय १३ जना मानिसहरू बसाइँसराइँ गरी गएको देखिएको छ ।
कार्यक्रममा सोही विषयलाई लिएर त्यहाँका स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले पनि गाउँपालिकाका जनप्रतिनिधिहरूलाई बसाइँसराइँ न्यूनीकरण गर्नु पर्नेमा जोड दिँदै पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने प्रचलन समाजमा सामाजिक विकृतिका रूपमा बढ्दै गएको भन्दै यसतर्फ गम्भिर बन्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सूर्य कुँवर मगर, राम बहादुर पुन, अमर बहादुर राकस्कोटी, सुर्य बहादुर सिंजाली, कृष्ण गौतम, टेकबहादुर खत्री, लेखेन्द्र पुन,अमर रास्कोटी, थम्मन बस्नेत, पार्वती बलाल लगायतका व्यक्तिहरूले बसाइँसराइँ, स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि तथा स्वास्थ्य बीमाका, शिक्षक दरबन्दी मिलान, योजना सम्झौता एवं भुक्तानी प्रक्रिया, व्यवसायिक कर, कृषि, पशु, सडक, वडातहमा सूचनाको पहुँच, बन्यजन्तुले पु¥याको क्षति लगायतका विषयमा जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरूको जिज्ञासाहरू मेटाउँदै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सबल, सक्षम, संमृद्ध पालिका निर्माणका लागि गाउँपालिकाका सबै क्षेत्रबाट आफूलाई सकारात्मक सहयोग प्राप्त भइरहेको बताए । उनले अहिलेको वर्तमान जनप्रतिनिधि र कर्मचारीको टिम सकारात्मक सोंचका साथ समृद्धि पालिका बनाउने उद्देश्यका साथ लागि परेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले गाउँपालिकाले अनुगमनको कार्यलाई चुस्त बनाएको र न्यायिक समितिमा पर्ने उजुरीहरूलाई समयमै फछ्र्याेट गर्ने गरिएको बताइन । उनले घरेलु हिंसा लगायतका घटनाहरू भए पालिकाको न्यायिक समितिमा जानकारी गराउन पनि आग्रह गरेकी थिइन ।
सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले योजना सम्झौता लगायतका कार्यहरूलाई सहज र सरल बनाउन विभिन्न समयमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने गरिएको बताए । साथै उनले यस चालु आर्थिक वर्षमा हालसम्म २ सय ४३ योजना सम्झौता गरिएकोमा १ सय ६५ वटा योजनाहरू सम्पन्न भएको जानकारी गराए । सार्वजनिक सुनुवाई कार्यक्रममा आधा दर्जन भन्दा बढी स्थानीयबासीले तीन दर्जन भन्दा धेरै समस्या र गुनासाहरू राखेका थिए । पालिकाले वडातहमा पुगेर यसरी नागरिकका गुनासा सुनिदिएको भन्दै स्थानीयहरू खुसी बनेका थिए । à