ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

बगरमा फल्दै किसानको पौरख

जग्गा लिजमा लिएर तरबुजा, तरकारी खेती गरी दैनिकी चलाउर्दै आएका अन्सारी र उनको घरपरिवारले नेपालीमै बसोबास गर्न थालेको २ पुस्ता बित्यो । तर पनि नागरिकता बनाउन नसक्दा राज्यले कृषिका लागि दिने अनुदान समेत लिन पाएका छैनन् ।
३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

लमही,३ जेठ । विगत ६ महिनादेखि जिल्लाको गढवा ५ बोधिपुरका हेम नारायण चौधरी देउखुरी राप्ती पुल नदी बगरमा पसिना बगाउँदैछन् । उनी जस्तै लमही नगरपालिका ६ घुम्नाका सहिद अन्सारी यतिबेला तरकारी र खरभुजा खेतीमा ब्यस्त छन । तातो बालुवामा खाली खुट्टाले हिँड्दा–हिँड्दै पैतलाको स्वरूप नै उनको परिवर्तन भईसकेको छ । जुत्ता–चप्पल लगाएर खेतीबालीमा जाँदा खेतीबालीलाई असर पर्छ, भन्ने उनको बुझाईं छ । कडा मेहनतले खेती किसानी गरेका अन्सारी पुख्र्यौली पेशा नै हो ।

घरपरिवारको दैनिक खर्च जोहो, रोजी रोटीका लागि थप कडा मेहनत गर्नुपर्ने अवस्था आईंलाग्यो । जग्गा लिजमा लिएर तरबुजा, तरकारी खेती गरी दैनिकी चलाउँदै आएका अन्सारी र उनको घरपरिवारले नेपालीमै बसोबास गर्न थालेको २ पुस्ता बित्यो । तर पनि नागरिकता बनाउन नसक्दा राज्यले कृषिका लागि दिने अनुदान समेत लिन पाएका छैनन् ।

उनको दिन र रात राप्ती पुल नदी बगरमै वित्ने गरेको छ । स्थानीय देखी, जान्ने बुझ्ने सबैको राय, सल्लाह लिएर राप्ती पुल, नदी बगरमा तरबुजा र तरकारी खेती गर्न शुरु गरेको अन्सारी बताउँछन । उनले खेतमै आएका ग्राहकलाई २० रूपैयाँदेखि ५० रूपैयाँ प्रतिकिलो सम्म काँक्रा, २० रूपैयाँ देखी ४० रूपैयाँ प्रतिकिलो सम्म फर्सी, २० रूपैयाँ देखि ६० रूपैयाँ प्रतिकिलोसम्म लौका, ६० रूपैयाँदेखि ७० रूपैयाँ प्रतिकिलो सम्म बोडी बिक्री गरेको बताउँछन ।

बालुवाले भरिएको खाली बगरको जमिनमा तरकारीसँगैं अहिले उनले लगाएको तरबुजा पनि राम्रो फलेको छ । अन्सारीका अनुसार यस बगरमा २ किलोदेखि ८ किलो सम्म तौल भएका तरबुजा फलेका छन । सिंचाईका लागि नहरको पानीका साथ साथै बोरिङ खनेका छन ।
तरबुजाका लागि १ लाख ५० हजार जति खाल्डा खनेर बीउ लगाईंएको थियो । तर कतिपय बीउ हुर्कन नपाउँदै चिसोका कारण मरे । अहिले प्रतिकिलो ३० रूपैयाँका दरले तरबुजा विक्री गरिरहे पनि यहाँका स्थानीय व्यापारीहरूको सिन्डीकेटका कारण सोचे अनुसार तरबुजा विक्री नभएको अन्सारी बताउँछन । उनले भने, ‘भारतबाट तरबुजा ल्याएर, राप्ती नदीको तरबुजा भनी बदनाम गरिएको छ । त्यसैले त्यति खुसी छैन ।
तरबुजा, खरबुजा खेती लगानीको अनुपात आम्दानी नभएकोले आगामी बर्ष कम गर्ने सोंच रहेको उनले बताए । बालुवा भएको ठाउँमा तरबुजा, खरबुजाको जरा राम्रो सँग फैलाउन पाउने भएकाले माटोमा भन्दा बालुवा भएको ठाउँमा तरबुजा, खरबुजाको राम्रो उत्पादन हुन उनको भनाईं छ ।
तरबुजा, खरबुजाको स्वाद, रङ (कलर) कस्तो हुने भन्ने कुरा त्यसको बीउमा भर पर्ने उनको बुझाईं रहेको छ । सहजै खाली जमिन पाईंने, छोटो समयमा उत्पादन हुने र राम्रो आम्दानी लिन सकिने भएकाले राप्ती पुल, नदी बगर क्षेत्र तरकारी, तरबुजा खेतीका लागि धेरै किसनको रोजाईंमा परेको छ । उनको यस कार्यमा पुरै घरपरिवारले साथ, सहयोग दिईंरहेको छ । तर मनसुन अघि बगरमा फलेको तरकारी, तरबुजा विक्री नभएर त्यसै खेर जाने हो की भने चिन्ताले सताएको कृषक अलि चिन्तित देखिएका छन् ।

बगर खेतीको अवस्था :
दाङ जिल्लामा बगर खेतीको राम्रो संम्भावना भएपनि यसतर्फ स्थानीय सरकारले भने आवश्यक पहल गर्न सकेका छैनन् । अनुदान बिना बगर खेती गर्ने कृषक कम हुन थालेका छन । सुरुमा कृषि बहुउद्देश्यीय सहकारी सस्था र जेआइजेट परियोजनाको पहलमा बगर खेती सुरु भएको थियो । सुरु सुरुमा बगर खेती निक्कै आकर्षक बन्दै गएपनि गत वर्षदेखि परियोजना बन्द भए लगत्तै स्थानीय सरकारको प्राथमिकतामा नपर्दा केही किसानले मात्र निरन्तरता दिँदै आएका छन् ।

स्थानीय सरकारले यसमा विचार नगरे भविष्यमा विभिन्न किसिमका चुनौति आउने देखिन्छ । राप्ती नदी तटबन्धवाट नदी वरपरको क्षेत्र बगर खेतीका लागि उपयुक्त ठाउँ हुन । त्यसैमध्येको एउटा पछिल्लो उदाहरण हो, यो राप्ती पुल, राप्ती नदी वगर क्षेत्र । यहाँ अहिले कृषकले बिना अनुदान बगर खेती गरिरहेका छन ।

कृषि ज्ञान केन्द्र्र दाङका वरिष्ठ वागवानी विकास अधिकृत पृथ्वीराज लामिछानेले कृषकको बगर खेती बारेको विस्तृत अभिलेख, रेकर्ड आफुहरू सँग नभए पनि अन्दाजी २० हेक्टर क्षेत्रफलमा कृषकले बगर खेती गरेको बताए । उनका अनुसार बगरमा ३ सय म्याटिक टन तरकारी र खरभुजा फल्ने गरेको बताए । उनले बर्ष बगर खेतीका लागि अनुदान नभएको बताउदै आघामी बर्ष किसानको मागमा आधारित बगर खेतिका लागि भनेर छुट्टै प्रस्तावना पेस गरेकोमा बगरका लागि अनुदान दिने बताए ।

कृषकलाई लक्षित गरी बगर खेती प्रवर्धन कार्यक्रम अनुसार ७ हेक्टर क्षेत्रफलमा यसबर्ष सहयोग गर्ने योजना रहेको र ५ हेक्टर क्षेत्रफलको सम्झौता पनि भईंसकेको जानकारी गराए। जसअनुसार १ हेक्टर क्षेत्रफल बराबर बगर खेती गर्ने कृषकले डेड लाख रूपैयाँ सिंचाईं, बीउ लगायतमा खर्च गर्ने गरी अनुदान सहयोग पाउँछन । बगर खेतीमा खरभुजा, लहरे तरकारी, करेला, खुर्सानी, परवर खेती पनि गर्न सकिन्छ। दाङ राप्ती र बबैइ नदि उकास झण्डै २ सय हेक्टर बगरमा तरकारी खेती गर्न सकिने कृषि ज्ञान केन्द्र, दाङका प्रमुख नरेश धितालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?