© २०२३
पाल्पा, २६ वैशाख ।
जिल्लाका व्यावसायिक पशुपालक कृषकहरूलाई लुम्बिनी प्रदेश सरकारले लागु गरेको व्यावसायिक गाईभैंसी फार्मले अवलम्बन गर्नुपर्ने पशु कल्याण मापदण्ड २०८० का बारेमा अभिमुखिकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले मापदण्ड बारेमा जानकारी गराउँदै व्यावसायिक फार्महरूले पशु कल्याण मापदण्ड लागु गर्न अभिप्रेरित गरिएको छ । बरिष्ठ पशु चिकित्सक डा. नविन बस्यालले मापदण्ड रहेका व्यवस्था जस्तै पशुपालन सम्बन्धी आधारभूत व्यवस्था, पशु कल्याण सम्बन्धी व्यवस्था र गाईभैंसी प्रति हुने निर्दयी व्यवहारका बारेमा सहजिकरण गरेका थिए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेश सिंह कुँवरले गाईभैसी पालक कृषकहरुले पशु कल्याण मापदण्ड लागु गरेमा पशु उत्पादन बृद्धि हुने, स्वस्थकर उत्पादनले बजारसंग प्रतिस्पर्धा गर्न सहज हुने भएकाले मापदण्ड लागु गर्न प्रोत्साहन गरिएको बताए । विज्ञ केन्द्र पाल्पाका निमित्त प्रमुख दुर्गा प्रसाद बस्यालले पशु कल्याण मापदण्ड लागु गर्ने बिषय स्वेच्छिक रहेकाले व्यावसायिक कृषकहरूले चाहेको खण्डमा अनुमगन समितिले मुल्याङकन गरेर प्रमाणपत्र प्रदान गरिने बताए ।
कार्यक्रममा डा. चन्द्र बहादुर राना र अधिकृत युवराज ज्ञवालीले प्रदेश सरकारले लागु गरेको मापदण्डलाई अभियानकै रुपमा ग्रामीणस्तरका पशुपालक कृषकहरूसम्म पुर्याउन जरुरी रहेको बताए । उनीहरूले जानेर वा नजानेर पशुपालक कृषकहरूले पशुप्रति निर्दयी व्यवहार गर्ने गरेकाले यसलाई न्युनीकरण गर्न आवश्यक रहेको बताए । सहभागीहरुले पशुले उत्पादन दिन छोडेपछि त्यसको व्यवस्थापन गर्ने बिषय मापदण्डमा उल्लेख नभएको, पशु बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको, पशुलाई आवश्यक पर्ने खोप र औषधि समयमा उलपब्ध हुन नसेकेको जस्ता समस्या उठाएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी