Butwal Today

मंसिर १७ गतेदेखि ९ औं बर्दघाट महोत्सव

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सुनवल ।

पश्चिम नवलपरासीको बर्दघाटमा आगामी मङ्सिर १७ देखि ९औँ बर्दघाट महोत्सव सञ्चालन हुने भएको छ। बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवमा स्थानीय तथा कृषि उत्पादन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बाल उद्यान लगायत मुख्य आर्कषको रुपमा रहने जनाइएको छ ।

२९ गते सम्म संञ्चालन हुने महोत्सवमा करिब ७० लाख खर्च लाग्ने २ लाख दर्शकलले अवलोकन गर्ने र ३ करोड कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट पर्यटन प्रर्वद्धन, स्थानीय उत्पादनको प्रर्वद्धन तथा बजारीकरण, धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने संघका सचिव डिल्लीराज कंण्डेलले बताए ।

महोत्सव स्थलमा २ सय ५० वटा स्टलहरू रहनेछन्। सङ्घमा आबद्ध र नवीकरण भएका व्यवसायीहरूलाई मङ्सिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुट र स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनहरूलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ।

मेला प्रवेशका लागि साधारण टिकट दर १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ३० प्रतिशत छुट र ज्येष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघका अध्यक्ष लेखनाथ न्यौपाने शर्माले बताए ।

टिकट लिई प्रवेश गर्ने सबै दर्शकहरुको मेला स्थलमा दुर्घटना बीमा हुनेछ। सबैको समन्वयमा महोत्सव भव्यताका साथ सम्पन्न गर्न तयारीलाई तिव्र पारिएको संघका अध्यक्ष न्यौपानेले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर महोत्सव संञ्चालन हुने बताउदै विपद् व्यवस्थापन कोष एक करोड पुर्याउने लक्ष्यका साथ संघ अगाडी बढेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?