Butwal Today

लक्ष्मी पूजामा विद्युत् अवरुद्ध भए तत्काल मर्मत गर्न कर्मचारी परिचालन

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा आज लक्ष्मी पुजाको दिन साँझतिर विद्युत् सेवा अवरुद्ध भएमा तुरुन्त मर्मत सम्भार गर्न कर्मचारीहरू खटाइएका छन् ।

नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रले लक्ष्मी पूजाको अवसरमा विद्युत् सेवालाई थप व्यवस्थित र नियमित बनाउन विशेष ‘स्ट्यान्डबाई ड्युटी’ टोली परिचालन गरेको हि । आज साँझ ५ बजेदेखि राति ९ बजेसम्म कुनै पनि किसिमको प्राविधिक समस्या उत्पन्न भएमा वा विद्युत् सेवा अवरुद्ध भएमा तुरुन्त मर्मत सम्भार गर्न जिल्लाका विभिन्न स्थानहरूमा कर्मचारीहरू खटाइएका छन् ।

जस अन्तर्गत शितलपाटी सबस्टेसन, श्रीनगर बजार, बरला, खलंगा, जयतपानी, लुहाम, कपुरकोट, बागचौर, थारमारे, फारुलाचौर, रागेचौर र बागचौर सबस्टेसनमा कर्मचारी तथा सवारी साधनको व्यवस्था गरिएको छ ।

वितरण केन्द्रले ग्राहकहरूलाई समस्या परेको खण्डमा आफ्नो नजिकैको लोकेसनमा खटिएका कर्मचारी वा उनीहरूको सम्पर्क नम्बरमा तुरुन्त खबर गर्न आग्रह गरेको छ । खबर प्राप्त हुनासाथ मर्मत सम्भार कार्य अगाडि बढाइनेछ भने अन्य दिनहरूमा सदाझैँ नियमित ड्युटी यथावत् रहने वितरण केन्द्रले जनाएको छ ।

यसका साथै, २४ घण्टा नै सुचारु रहने नोलाईट फोन ०८८९५२००८० मा पनि जुनसुकै समय गुनासो टिपाउन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?