© २०२३
दाङ,२२ बैशाख ।
दाङ देउखुरीको राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर- ७ बनघुस्री स्थित राप्ती नदीमा नुहाउन गएकी राजपुर-२ मटेरिया निवासी २० बर्षकी सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
सरिता केही दिन अघि बनघुस्री स्थित माईतीघर आएकी थिईन । शनिबार गाउँका धेरैजना नुहाउन राप्ती नदी गएका थिए । अर्की नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । राप्तीमै नुहाउँदै गरेका स्थानीय सन्तोष घर्ती मगरले अर्का बच्चा डुब्न थालेपछि बचाउन खोज्दा सरिता आफै डुबेको बताए ।
उनका अनुसार १२ वर्षिय कोपिला चौधरी पानीमा डुब्न खोज्दा सरिता बचाउन भनी गएकि थिईन । कोपिलालाई छेउँतर्फ धकेली सरिता पानीमा डुबेको प्रत्यक्ष्यदर्शि घर्तीले बताए । कोपिला भने सकुशल रहेको प्रहरीको भनाई छ । शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी