ट्रेंडिंग:

>> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो

२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

दाङ, २२ बैशाख ।

प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई खवर नगर्ने गरेको एक कार्यक्रममा महिला सभासदले बताएका छन् ।

सञ्चारिका समुह लुम्बिनी प्रदेशको आयोजना र युएनडिपीको सहकार्यमा शुक्रबार दाङको भालुवाङमा भएको लुम्बिनी प्रदेशको दोस्रो पन्चवर्षीय योजनामा लैङ्गिक समानता र सामाजिक समाबेशीकरणका सवालमा लुम्बिनी प्रदेश सभाका सदस्यहरु बिच अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका महिला सभासदले बजेटको योजना तर्जुमा गर्दा कुनैपनि समितिमा नबोलाउने गरेको बताए ।

प्रदेश मामिला समिति सभापति दिलकुमारी बुढाले दलित महिलाको लागि कसरी बजेट बिनियोजन र योजना तर्जुमा हुन्छन् भन्ने बारेमा जानकारी नहुने बताइन् । लेखा समिति सभापति माया पुनले सरकारमा भएका नभएका सबै दलका महिलालाई हरेक कुरामा पछाडी पारिएको बताइन् । उनले महिला सभासदले आफ्नो भूमिका खोज्नुपर्ने बताइन् ।

प्रदेश मामिला कानुन समितिका पूर्व सभापति दामा शर्माले कानुन निर्माणका कुरामा गम्भीर हुन आग्रह गरिन् । एकताबद्ध भएर अगाडि बढ्न र सबै महिला सभासदले एउटै बोली लिएर जानुपर्ने बताइन् । पूर्व कृषि मन्त्री आरती पौडेलले उत्पादन, प्रविधिको प्रयोगमा सहकारीले राम्रो काम गरेको स्मरण गरिन् ।

आफ्नो कार्यकालमा महिलालाई धेरै भन्दा धेरै कृषिमा सहभागिता गराउन सफल भएको बताइन् । महिला सभासद योजना तर्जुमाका कार्यक्रममा चनाखो हुनुपर्ने बताइन् । पूर्व स्वास्थ्य मन्त्री एवम् वर्तमान सभासद इन्द्रजित चौधरीले आफू स्वास्थ्य मन्त्री भएका समयमा थुप्रै महिलामैत्री कार्यक्रम गरेको बताए ।

ग्रामीण स्वास्थ्य सेवा अन्तर्गत हातमा बोक्ने अल्ट्रासाउन्ड मेसिनले गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम निरन्तर रहेको बताए । स्वास्थ्य सस्थामा ढिला आउने कारण मातृ मृत्यु दर बढेको बताए । नेपाली काङ्ग्रेसका सचेतक निमा गिरीले पिजन हाउसमा राखिएका योजना सभासदले पढ्छ्न होला भन्ने लागेको बताइन् । कहाँ के छ र कसरी काम हुन्छ भन्नेकुरामा सभासद चनाखो हुनुपर्ने बताइन् ।

बाकेबाट निर्वाचित सभासद मिना श्रेष्ठले आफुलाइ योजना तर्जुमाका काम कही कसैले नबोलाउने गरेको बताइन् । बाँकेकै सभासद सुशिला नेपालीबादीले योजना पेस गर्दा कहाँ कसरी जाने भन्ने विषयमा केही थाहा नभएको बताइन् ।

सीमान्तकृत, दलितका विषयमा योजना पेस गरेको तर कुनै पनि कार्यक्रम पर्न नसकेको बताइन् । कार्यक्रममा बर्दियाबाट प्रतिनिधित्व गर्ने सभासद कृष्णा कुस्मा थारु, पाल्पाका इन्द्रकुमारी गहतराज लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission