ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

‘लु र फ्लू’ को जोखिमबाट बचौं

२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार

नेपालका तराईका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । बिहानैदेखि चल्ने तातो हावा लु सहितको गर्मीले तराईको जनजीवन अस्तव्यस्त बनेको छ । नेपालको सवैभन्दा बढी गर्मी हुने भैरहवामा पछिल्लो एक सातायता ४० देखि ४३ डिग्री माथि तापक्रम पुगेको छ । तातो हावा सहितको लु चल्दा जनजीवन प्रभावित मात्रै भएको छैन, बालबालिकादेखि वृद्ध वृद्धा विभिन्न फ्लुबाट प्रभावित भएका छन । तातो हावाहुरी तथा अत्यधिक गर्मीले गर्दा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू अझै बढी प्रभावित भएका छन । लामो समयदेखि खडेरी परेसँगै आगलागीका घटना बढेका छन् । रूपन्देहीका विभिन्न स्थानमा लागेको आगलागीबाट ८७ घर पूर्ण रूपमा क्षति पुगेको रूपन्देही प्रशासनले जनाएको छ । ८७ घरपरिवारका ५०४ जना घरबारविहीन हुन पुगेका छन् । उनीहरूलाई राहत र पुनस्र्थापनाको खाँचो छ । एकातिर तातो हावा सहितको लु चल्दा जनजीवन नराम्रोसंग प्रभावित भएको छ । दिउँसोमा बाहिर निस्कन सक्ने अवस्थासम्म छैन । त्यसैमा लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसमा विभिन्न खालका समस्याहरू देखिएका छन ।

अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायत विभिन्न समस्याका विरामीको संख्या बढेको छ । स्वास्थ्यकर्मीहरूले तातो हावाका कारण धेरै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरू देखिएको हुँदा सजक रहन आग्रह गरेका छन् । त्योसंगै यही बेला मौसम परिवर्तनको समय भएकोले अनेकथरी संक्रामक रोगहरू देखापरेका छन । ठिक यही बेला मौसमी फ्लुका कारण राजधानी काठमाण्डौंदेखि तराईका जिल्ला प्रभावित भएको हामीले विर्सिसक्यौं । जे भएपनि प्रि मनसुन सुरु भएको छ । यो बेला पानी पर्न सुरु हुनेपर्ने हो तर दुई वर्ष अघि ठिक यही बेला इन्फ्लुएन्जा (फ्लु) भाइरसका कारण तराईमा बिरामीको संख्या बढेको थियो । धेरैजसोमा ‘ए’, ‘बी’ र ‘सी’ टाइपको फ्लुको संक्रमण देखिएको थियो । काठमाडौंका केही अस्पतालहरूका अधिकांश आईसीयु कक्ष फ्लु र निमोनियाका बिरामीले भरिएको थियो । ठिक यसैगरी अहिले कोरोनाको फ्लूले समस्या निम्त्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?