© २०२३
पाल्पा, १९ वैशाख ।
बुधबार मजदुर दिवसका दिन सार्वजनिक बिदा भयो । रामपुर नगरको तिलपुरका सन्तोष कुमालले भने अन्तर्राष्टिय श्रमिक दिवसका विषयमा अनभिज्ञता प्रकट गरे । श्रमिक दिवसलाई श्रमिकहरुले पर्वका रुपमा मनाउने दिनको बिहानै एक ट्रक सिमेन्ट अनलोड गरेको बताए । “यस्ता दिवसहरु टाठा बाठा र हुने खानेको मात्र रहेछ आफु जस्ता हँुदा खानेको लागि के को दिवस हो थाहा नै भएन”–उनले भने ।
वगनासकाली गाउँपालिकाको घोरवन्दाकी बालकुमारी कुमाल पनि श्रमिक दिवसको सुर्योदय संगै हातमा नाम्लो र बोरा लिएर तानसेन सदरमुकामतिर कामको खोजीमा आएको बताइन् । आफु जस्तै श्रमिकहरुका लागि भनिने श्रमिक दिवसको बारेका आफुलाई केही जानकारी नभएको बताउँदै काम नगरे बेलुका चुल्होमा आगो नबल्ने, काम पाउनु नै खुसीको कुरा भएको उनले बताइन् ।
“बिहानीको घामको झुल्कोसँगै बाह्रै महिना पसिना बगाउने हो, श्रमको मूल्य कति र कस्तो हुन्छ तर वास्तविक श्रमिकहरुले नै मजदुर दिवसका दिन पत्तै पाउँदैनन् । रामपुर नगरभित्र आफु जस्तै बास्तविक श्रमिकहरु ५० भन्दा बढी छन तर तिनीहरुलाई पनि श्रमिक दिवस के हो भन्ने थाहा नै छैन । ठुला ठुला उद्योगहरुमा काम गर्ने कामदार, सरकारी कार्यलयमा काम गर्ने कर्मचारीका लागि मात्र श्रमिक दिवस भएको छ”–सन्तोष कुमाल भन्छन् ।
दुई दशक अगाडि सम्म घोरवन्दाबाट भवन निर्माणका लागि निर्माणजन्य सामग्रीको ढुवानीका लागि बिहानको मिर्मिरे उज्यालो संगै तानसेन पुग्नेको सख्या ५० भन्दा बढी थियो । पछिल्लो समयमा प्रविधिको विकासका कारण धेरैको रोजीरोटी नै खोसियो । यस्ता विषयमा हाम्रो समस्याको समाधानका लागि बाटो खोजिदिए वास्तविक श्रमिक दिवस हुने बालकुमारी कुमाल बताउँछन् ।
जिल्लाको रामपुर, तानसेन नगरसंगै रिब्दीकोटको जोगिथुमको मुख्य आयश्रोत नै बजारको श्रम नै हो । जोगिथुमका स्थानीय बलबहादुर भन्छन्, “आफ्नो गाउँबाट झण्डै ६० जना रिडीमा काम गर्न जाने हो तर उनीहरुका लागि श्रमिक दिवस के हो र कहिले भन्ने थाहा नै छैन”–उनले भने ।
राजनैतिक दलको भातृ संगठनको रुपमा मजदुर जोडिएका संगठनहरु धेरै छन् । यस्ता संगठनहरु दलको अभिष्ट पुरा गर्नका लागि मात्र भएको पाइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी