© २०२३
लमही, १८ वैशाख ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँबासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटना प्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ ।
बैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २४ घरगोठ जल्दा दर्जनौ चौपाया, पंक्षी मर्नुका साथै अन्नपात, लत्ता कपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटना प्रति दुख व्यक्त गर्दै पीडित गाउँलेहरुको उद्धारपछिको उचित राहत व्यवस्थापनमा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ
‘सिंगो गाउँ विपदमा परेर दुख व्यहोरि रहेको यो विषम् परिस्थितिमा नागरिकलाई बचाउने कार्यमा सरकारको तर्फबाट दैविप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्वद्ध सरोकार सबैलाई मानवीय सहायतामा जोडिन हार्दिक अपिल गर्दछौँ’, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात गरेर उदारमनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था, व्यापार संघ, रेडक्रस, उद्योगी, व्यवसायी एवंम् सबै मनकारीहरुमा नागरिक समाज दाङले अनुरोध गरेको छ ।
आगलागीका कारण गाउँबासीको बसाइँ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज उपलब्धतामा पनि ध्यान दिन आग्रह गरेको छ । आगलागीका कारण गाउँबासीहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ ।
विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना बिस्थापन गरी टीन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपदबाट ठूलो मात्रामा क्षति भईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो बिस्थापन कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराईएको छ ।
बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए ।
साथै, नागरिक समाजले आगलागीको घटना लगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियाबासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी