© २०२३
बुटवल, १५ बैशाख । अमृतलाल श्रेष्ठ तेल व्यवसायी हुन । लामो समयदेखि बुटवल बजारलाई केन्द्र विन्दु बनाएर उनले व्यवसाय गरिरहेका छन् । उमेरले नेटो काटी सक्दा पनि उनलाई व्यवसायको रसले छाडेको छैन । पुस्ता हस्तान्तरण गर्ने ठूलो धोको राखेका श्रेष्ठलाई छोरा यहि काम धानोस् भन्ने छ । तर के हुन्छ भन्ने अवस्था अझै बनिसकेको छैन ।
गुल्मीको वामीटक्सारमा जन्मिएका श्रेष्ठ २०२३ सालबाट पुरानो बुटवलमा (बटौली) बस्दै आएका हुन् । पहिलो व्यवसायको रूपमा कपडा पसल सञ्चालन गरेका उनी सफल हुन नसकेपछि तेल मिलको व्यवशाय शुरु गरेको बताउँछन् । उनी भन्छिन्, त्यसबेला यो बटौली बजारमा यति भिडभाड हुन्थ्यो कि बाटो हिँडनै गाह्रो । त्यति धेरै व्यापारी र पहाडबाट सामान बेच्न र किन्न आउनेको लाईन । अहिले सम्झदा नि सपना जस्तो लाग्छ । यी बाटा राती दिन कति बेला पनि खाली नै हुँदैन थियो । यहाँ भारतिय व्यापारीको दबदबा थियो । उनीहरूले त्यसबेला यति धेरै कमाएकी कुनै मुल्याकन नै छैन । त्यसबेला हामीले पनि कपडाको व्यवसाय त्यति राम्रो नभएपछि बहिनी जवाईको सहकार्यमा तेल मिल खोलेका हौ । पारी बाटोमा नै थियो पसल र मिल ।
त्यहाँ किन्न आउनेको संख्या बढी हुन्छ भन्ने अनुमानले हामीले बाटो छेउमा मिल शुरु गरेका थियांै । शुरुवात राम्रै थियो । तर २०३३ सालमा यहि नजिकै रहेको ठाडो खोलामा बाढी आउदा नोक्सानी व्यहोर्नु प¥यो । करिब १२ देखि १५ बोरा तोरी बाढीले बगायो । त्यस पछि हामीले अहिलेको ठाँउमा मिल स्थापना गरेर सञ्चालन गरेको हो । यहाँ आए पछि हामीले समयको मागसँगै गहुँ, मकै, दाल, बेसार लयागतका खाद्यान्न पनि मिस्ने मेसिन स्थापना गरेर मिल सन्चालनमा ल्याएका छांै ।
२०३१ सालमा पाल्पाकी बसन्ती श्रेष्ठसँग लगनगाठो बाँधेका अमृतका ४ छोरी र १ छोरा छन् । सबै छोरीहरू विहे भएर आफनो जिम्मेवारीमा रहेको बताउने उनले यहि मिल नै सन्तान हुर्काउने बढाउने, पढाउने र रहर पुरा गर्ने बलियो माध्यम भएको बताए । यसैबाट जोडेको सम्पतिमा अहिले पनि सबै रमाएको कारणले पनि मिल विना आफू अपुरो महसुस गर्छु उनले भने ।
विगत सम्झदै अमृत भन्छन्, त्यसबेला यहाँको चहल पहल भीड त अहिले सपना जस्तो लाग्छ । यति धेरै मान्छे थामेको ठाउँ हो यो साना साना टिनका छाना भएका घर, बाटा भरी बंगुर, कुखुरा । त्यस माथि किनमेलका लागि आउने पहाडका मानिस, बेच्न आउने भारतिय व्यापारी हुलका हुल । पहाडका मानिसले टिनभरी घिउ ल्याएर बेच्ने यहाँबाट नुन, तेल मसला कपडा किनेर जान्थे । यहाँ आउने मानिसहरू बाहुनको घरमा बास बसे ध्यू भात खाने गुरुङ्ग मगर, नेवारकोमा बास बसे मासु भात खाने दिने चलन थियो । सद्भावका हिसाव अत्यन्त सहयोगी समाज थियो त्यसबेला । सरसफाईमा कम ध्यान हुने भएकाले पनि गर्मी बढे पछि हैजा आउँछ भनेर हामी पनि पहाड जाने चलन थियो । अहिले लाग्छ सरसफाईकै कारणले रोग लाग्दो रहेछ । रोगका कारण अकालमा ज्यान गुमाउनेहरू पनि धेरै नै थिए ।
श्रेष्ठ भन्छिन्, त्यसबेला मैले १० हजार रुपियाँमा दुईवटा मिल किनेको थिएँ । अहिले त दुई लाख पर्छ त्यसको मुल्य । त्यसबेला सबै सस्तो थियो । मैले ४० रुपियाँ लिटर तेल बेचेको थिए । तोरी एक क्वीन्टलको २५ सय रुपियाँमा थियो । एक क्वीन्टल तोरीको ४५ /४६ लिटर तेल आउँदथ्यो। त्यसबेलामा पाईने तोरी अत्यत्न रसिलो हुने गर्दथ्यो । मानिसले आफनै घरमा उत्पादन भएको मल मात्रै प्रयोग गर्दथे तर अहिले समय फरक भएको छ । सोंचे जस्तो तोरी छैन । विभिन्न रासायनिक मल प्रयोग गरेर देख्दा राम्रो मात्रको तोरी आउँछ । त्यहि पनि कम मात्रामा तोरी किन्न पनि दौडधुपको अवस्था छ ।
त्यसबेला मिलले कस्तो तेल बेचेको छ भनेर चेक गर्न कर्मचारी आउने चलन थियो तौल घटबढ छ कि कस्तो छ भनेर मिलमा आएर तेल बोतलमा राखेर लैजाने गर्दथे । ६ महिना पछि त्यसको रिजल्ट दिने प्रचलन थियो । मेरो मिलको टोल १ नम्बर भनेर घोषणा भएको थियो यो कुरा २०४० साल तिरको हो । त्यसबेलामा हामीले सामान स्टक राख्न पाउदैन थिएम सरकारले घरमा छापा मार्ने चलन थियो । अनुगमनका लागि राजा आफै आउने प्रचलन थियो । राजा र प्रजा बीचमा प्रत्यक्ष भेट कुरा कानीको वातावरण थियो त्यसबेला । हामी पनि स्वास्थ्य तेल बेच्नु पर्छ भनेर काम गर्ने गर्दथ्यांै । एक पटक आएका ग्राहक नदोहोरिएको कमै थिए । त्यसबेला पहाड तिरका व्यापारीहरूले एक हजार लिटर देखि एकै पटकमा २५ सय लिटर सम्म तेल खरिद गरेर लैजान्थे । तेल पेल्न भन्दै कपिलबस्तुका विभिन्न ठाउँ रूपन्देहीका गाउँ गाउँबाट आउनेको संख्या खुब थियो । उनी हिँडेर आउने रात भरी तेल पेल्ने यहि बास बसेर विहानै तेल बोकेर जाने गर्दथिए । आजभोली कहाँ पाउनु त्यस्तो । ठाउँ ठाउँमा मिल छन् तर कच्चा पदार्थ तोरी कम छ । २५ सयको तोरी १२ हजार पुगेको छ ४० रुपियाँको एक लिटर तेल ३ सय पुगेको छ ।
तर करिब १० वर्ष अधिबाट बजारमा पोकाका तेलहरूले बजार पाउन थालेको हो । त्यो जहाँ लैजान पनि सजिलो जति जहाँ पनि पाउने यसले लामो समय रहन पाएन आजभोली फेरि मानिसहरू मिलमा नै पेलेको तेल खान थालेका छन् । पोका तेलबाट मानिसमा विभिन्न खालका रोगहरू लागेको अनुमान गर्दे मिलमा तेल किन्नेको संख्या फेरि क्रमशः बढेको छ । यो मेरो मात्र भनाई नभएर हरेक मिलहरूको भनाइ हो भन्छन श्रेष्ठ । तर पनि धेरै बिरामी भएका सुत्केरीलाई लगाउन साना बच्चालाई लगाउन भन्दै धेरै आउँछन् । à माया के सीउमेर ढल्कदै गरेका अमृतलाई छोराले यहि व्यवसाय धानोस र देश मै बसोस भन्ने छ । उनी यहि कुरा आफनो छोरा बारम्बार सुनाउने गरेको बताउँछन् । आफनै देशमा रमाउन सक्नु पनि ठुलो खुशी हो भन्छन् श्रेष्ठ त्यसैले मैले मेरो छोरा देशमै बसेर यहि व्यवसाय गरोस् भन्ने चहाना मन भरी छ उनको तर पनि समयले कता लैजान्छ सबै जिम्मा भगवानलाई छाडेका छन् । à