© २०२३
बुटवल, ११ वैशाख ।
नेकपा एमाले रुपन्देहीले गत शनिबार जिल्लाको रोहिणी गाउँपालिकाका विभिन्न वडा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा भएको भीषण आगलागीप्रति दुःख व्यक्त गरेको छ ।
एमाले रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै आगलागीले किसानले भित्र्याउन लागेको गहुँबाली र मानव बस्तीमा लागेको आगलागीबाट रोहिणी गाउँपालिकाको वडा नम्बर ५ मा १५ वटा र वडा नम्बर ६ मा १६ वटा घर र घरभित्र रहेका लत्ताकपडा, खाद्यान्नलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको, अधिकांश किसानका पहुचौपाया जलेर मरेको र खेतमा भएको गहुँबाली समेत नष्ट भएको जनाएको छ । त्यस्तै एमालेले लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा सोही दिन भएको आगलागीबाट ११ वटा घर जलेर पूर्णरुपमा क्षति भएको, दुईवटा कुखुरा फार्ममा पूर्ण क्षति भएको एवं करिव २५० बिगाहा क्षेत्रफलमा रहेको गहुँबाली समेत नष्ट भएको जनाएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तीमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आगलागीमा परेर घाइते सबैको स्वास्थ्य उपचार, प्रभावकारी उद्दार र राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । साथै एमालेले आगलागीबाट जोगिने उपाय अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी