© २०२३
९ वैशाख ।
जनता समाजवादी पार्टीबाट लुम्विनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले सरकार छाड्ने घोषणा गरेका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पद बाट राजीनामा दिएका हुन । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकार बाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारवाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए । मन्त्री अहिरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए । मुख्यमन्त्री र गठबन्धनका दल हरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए । जसपा का ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपि सरकारको स्थिरतामा भने अन्योलता भने सिर्जना भएको छ ।