ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा

२ बैशाख २०८१, आइतबार
२ बैशाख २०८१, आइतबार

दाङ, २ बैशाख ।

यही बैशाख ३ र ४ गते घोराहीमा हुने राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा भएको छ । दाङमा पहिलो पटक हुन लागेको मिडिया महोत्सवको तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।

राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु एवं जनप्रतिनिधीहरुको उपस्थितिमा हुने मिडिया महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । बैशाख ३ गते नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्स्वको पहिलो दिन महासंघको साधारण सभासँगै संघियता विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधीहरु वक्ताको रुपमा रहने छन । यस्तै दोस्रो दिन बैशाख ४ गते मिडियाको सामर्थ्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने छ ।

बहसकालागी वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्यातिप्राप्त पत्रकारहरु दाङ आउने भएका छन् ।

महोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको स्टलहरु रहनेछ । सुचना तथा प्रशारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । जसमा मिडिया दर्ता, मिडिया नविकरण, प्रेस पास लगायतका सेवाहरु दिने र नेपाल टेलिकमका सेवाहरु पनि निशुल्क प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले जानकारी दिए ।

दाङमा पहिलो पटक हुन लागेको मिडिया महोत्सवलाई जिल्लाबासीहरुले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण जिल्लाका सरोकारावालाहरुलाई अनुरोध गरेको छ । साथै महासंघले मिडिया महोत्सवका उपस्थित हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?