© २०२३
दाङ, २६ चैत ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार उनले राजीनामा पत्र बुझाएका छन् ।
सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा.केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उनीसँगै आयोगका सदस्यहरु डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन् ।
केसीले यस अवधिमा सातै प्रदेशका योजना आयोगहरुको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बनी घोषणपत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुना र लुम्बिनीको दीगो कृषि विकास रणनीति तयार गरेको बताए ।
दोस्रो आवधिक योजना आधारपत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको शुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधी र कार्यक्रम दस्तावेज तयार गरिएको उनले बताए ।
लुम्बिनी प्रदेशका विकास साझेदार निकायसँगै छलफल, प्रदेशको स्रोत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम आयोगले गरेको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी