© २०२३
बुटवल ।
प्रेस चौतारी रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवार बीच पत्रकारीता पुरस्कार स्थापनाका लागि सम्झौता भएको छ।
नेकपा एमाले रुपन्देहीका तत्कालिन प्रचार बिभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतीमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्षिय पत्रकारीता पुरस्कारका लागि सम्झौता भएको हो।
पुरस्कारका कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी धर्मपत्नी रेनुका खरेल, उहांका छोरा किरण खरेल एवं नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम र प्रेस चौतारी रुपन्देहीका तर्फबाट प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल उपाध्यक्ष भगवती पाण्डे, सल्लाहकार मोहन चापागाई र दिनेश पाण्डेले हस्ताक्षर गरेका छन्।
पुरस्कार कोषमा परमानन्द खरेलको परिवारका तर्फबाट पहिलो चरणमा एक लाख रुपैया र प्रेस चौतारी रुपन्देहीको तर्फबाट एक लाख थप गरी २ लाखको कोष बनाउने सम्झौता भएको हो।
उक्त कोषमा क्रमस बृद्धी गर्दै लैजाने र कम्तीमा ५ लाख रुपैया कोषमा पुर्याई बर्षमा ५० हजार बराबरको पुरस्कार बितरण गर्ने सहमती भएको छ।
सयुक्त रुपमा सञ्चालन हुने हुने परमानन्द खरेल स्मृती अक्षयकोषको ब्याज बाट मुलकको बिकास र समृद्धी संगै जनपक्षिय पत्रकारीता गर्ने एक बर्षमा एकजना एकजना रुपन्देहीका श्रमजिवी पत्रकारलाई बितरण गरीने प्रेस चौतारी अध्यक्ष पौडेलले बताए।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा स्वर्गीय खरेलले नेकपा एमालेको प्रचार बिभागमा रहदा पत्रकारीताको बिकासमा निकै महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।
रुपन्देही उद्योग संघका तत्कालिन अध्यक्ष समेत रहेका खरेलको सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले रुपन्देहीका उद्योगीहरुमा समेत प्रेरणा र सम्मान भएको रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए।
नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी ईन्चार्ज मोहन चापागाईले परमानन्द खरेलको स्मृतीमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले एउटा असल राजनितीकर्मीको सम्मान भएको बताए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी