© २०२३
बर्दघाट, २२ चैत ।
बर्दघाट बजार विकास समितिको ७ औँ अधिवेशनबाट गोविन्द पाध्या नेतृत्वको समूह निर्विरोध निर्वाचित भएको छ ।
चैत १७ गते साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयनको लागि चैत २२ गते मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिए पनि पाध्या समूह बाहेकका अन्य सबै पदका प्रत्यासीहरुले निर्वाचन कार्यक्रम अनुसार निर्धारित समय भित्र नाम फिर्ता लिएपछि निर्विरोध नयाँ कार्यसमिति गठन भएको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा गोकर्ण शर्मा, महासचिवमा डोर बहादुर खत्री (दिलिप), सचिवमा शोभा सुवेदी र कोषाध्यक्षमा भूमिराज कँडेल (राजेश) निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा लक्ष्मी विश्वकर्मा, गोपाल चापागाई, पार्वती ज्ञवाली, दिपक भुसाल, गँगा देवी भट्ट, कैलाश कँडेल शर्मा, राजु पुरी र लिल कुमारी अर्गेजा निर्वाचित भएका हुन् ।
नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति सँयोजक अधिवक्ता रामकृष्ण पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले प्रमाण पत्र वितरण गरेका थिए ।
सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष पाध्याले आगामी कार्ययोजना समेत प्रस्तुत गरेका थिए । बर्दघाट बजार विकास समितिले ब्यवसायीको हक हितसँगै वडा नम्बर ४ को बजारको फोहोर ब्यवस्थापनमा निभाउँदै आएको भूमिकालाई नगरपालिका र वडासँग थप समन्वय गर्दै ब्यवस्थित बनाउने बताए । उनले खुल्ला सिमानाको कारण हुँदै आएको अवैध सामान आयातलाइ सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढने बताउँदै बजार सौन्दर्यकरण, अब्यवस्थित पार्किङ्ग, छाडा चौपायालाई समेत ब्यवस्थापन गर्ने लगायतका योजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले बजार विकास समिति र वडा कार्यालयले समन्वय गरी विकासका कार्यहरुमा हातेमालो गर्दै जानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष तारा प्रसाद गौतम, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष रविन्द्र विक्रम हमाल, उद्योग वाणिज्य सँघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी