© २०२३
बुटवल, २२ चैत ।
लुम्बिनीमा सत्तागठबन्धन दल माओवादीको नेतृत्वमा सरकार बिस्तारको तयारी थालिएको छ । नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिने सत्ता गठबन्धन दलबिच सहमति भएको छ । माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले भोलि नै सपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा उनै महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।
नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरुसँगको छलफल पनि टुङ्गो लागाईसकेको महराले बताए । सत्तासाझेदारी दलहरुबिच लिखित प्रतिवद्ध गर्न तयार भएको बताउँदै आज नै सहमति पत्रमा हस्ताक्षर गर्ने र भोलि नै मुख्यमन्त्री सहित अन्य समर्थन दलले बिनाविभागीय मन्त्रीको सपथ ग्रहण गर्ने तयारीमा जुटेको नेता महराले बताए ।
यता बिश्वासको मत लिने तयारीका साथ आज ४ बजेको लागि प्रदेश अधिवेशन डाकेका मुख्यमन्त्री डल्ली बहादुर चौधरीले मुख्यमन्त्री पद जोगाई राख्न अन्तिम सम्म प्रयास जारी राखेका छन् । तर अहिले मुख्यमन्त्रीले बिश्वासको मत पाउने सम्भावना न्यून छ । त्यसकारण पनि बिश्वासको मत लिनुहुँदैन भन्ने पक्षमा आफुहरु ढुक्क भएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले बताए । बिहीबार अधिबेशन आह्वान गरेको कारण मख्यमन्त्रीले सदनलाइ संबोधन गरी राजीनामा दिने तयारी गरेको मन्त्री थापाले बताए ।
जसपाको प्रदेश अध्यक्ष अशोक यादवले नयाँ समीकरणमा बनेको गठबन्धन दलप्रति सकारात्मक रहेको बताए । उनले गठबन्धन दलसँग आफ्नो दलको केही सम्झौता भएको र त्यो सम्झौतामा सहमति भएपछि गठबन्धन दललाई समर्थन जनाउने र बिश्वासको दिने बताए ।
माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा परेका हुन् । गत बैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले गत बैशाख १९ मा विश्वासको मत पाएका थिए । चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेको २९ मत परेको थियो ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति र जनमतका ४÷४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३÷३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १÷१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् ।
लुम्बिनीमा नयाँ सत्त गठबन्धनको लागि काङ्ग्रेस बाहेक अन्य सबै दलहरुले समर्थन गर्नेछन भने राप्रपा तटस्थ बस्ने तयारी भएको जोखबहादुर महराले बताए । ‘माओवादी केन्द्र, एमाले, जसपा, नागरिक उन्मुक्ति, हामी निकट स्वतन्त्र सांसद र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन पाएसँगै मेरो पक्षमा स्पष्ट बहुमत पुग्छ,’ उनले भने । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् । बहुमत सिद्ध गर्न भने ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
कांग्रेसका चौधरीलाई माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको थियो र २२ चैत आज ३० दिन पुगिसकेको छ र आजै मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने वा राजीनामा दिने कानुनी प्रावधान रहेको छ । चौधरीले आज राजीनामा दिने बित्तिकै नयाँ सरकार गठनका लागि दाबी पेस गरिने गठबन्धनको तयारी छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी