ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

४६ वर्षदेखि सेवा दिदै आएको रक्तसंचार सेवा केन्द्र आफ्नै स्वामित्वको जग्गा र भवनको खोजीमा

प्रादेशिक अस्पताल परिसरमा नै प्रदेश स्तरको ख वर्गको सेवा केन्द्र स्थापना गर्ने सरोकारवालाको सुझाव
१७ चैत्र २०८०, शनिबार
१७ चैत्र २०८०, शनिबार

बुटवल, १७ चैत । बुटवलमा ४६ वर्षदेखि रगतको संकलन र वितरणको सामाजिक कार्यमा महत्वपूर्ण योगदान दिदै आएको नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र आफनै स्वामित्वको जग्गा र भवनको खोजीमा छ । लुम्बिनी प्रादेशिक अस्पतालको नाममा हालको भोगचालन गरेको जग्गामा पुर्वाधार निमार्ण गर्ने भएपछि केन्द्र आफनै जग्गा र भवनको खोजीमा लागेको हो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले शुक्रबार बुटवलमा सरोकारवालासंग प्रादेशिक रक्त संचार सेवा केन्द्र स्थापनार्थ अन्तरक्रिया आयोजना गरि सुझाव लिएको छ । कार्यक्रममा सेवा केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीले रगत र रक्तजन्य सामग्रीको संकलन र वितरणमा बैकको महत्वपुर्ण योगदान रहेको बताए । हालको भवन छोड्न पर्ने हुदा सो स्थानबाट स्थानन्तरण गरि उपयुक्त स्थानमा प्रदेश स्तरको ख वर्गको रक्तसंचार सेवा केन्द्र स्थापना गर्न उपयुक्त स्थानको छनौटका लागि कार्यक्रम गरिएको बताए । संकलन र वितरणको सेवालाई सहज रुपमा दिने गरि केन्द्र निरन्तर लागेको उनले दाबी गरे । ४६ वर्षदेखि सेवा दिदै आएको भवन आफ्नै स्वामित्वमा नहुदा सेवा दिन कठिनाई, भौतिक संरचना सागुरो, विद्युतको समस्या आईरहने गरेको उनले बताए । रक्तसंचार संकलन र वितरणमा प्राविधिक सहकार्य गर्दै आएको केन्द्रको स्तरोन्नति आजको आवश्यकता देखिएको उनले बताए । केन्द्रबाट प्रत्येक वर्ष दिवसमा रक्तदाता र संस्थाहरुलाई सम्मान गर्दै आएको छ । राजनैतिक पार्टीहरुको दृष्टिकोण पुग्न नसकेको उनले बताए । केन्द्रकै आफ्नै जग्गा र भवन नहुदा निर्माण हुन नसकेको उनले बताए । प्रदेश सरकारबाट प्राविधिक उपकरणमा सहयोग मिलेको उनले बताए । ‘न्युनतम ३ कठ्ठा क्षेत्रफल जग्गा जरुरी रहेको छ ।’— उनले भने । स्थानिय सरकारबाट हालको जग्गामा भोगचलानको स्वीकृति लिएर संचालनमा रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अब अत्याधुनिक सेवा दिने गरि ब्लड बैक स्थापना गर्न जरुरी रहेको बताए । सानो जग्गा र भवनबाट सेवा संचालन गर्न कठिन हुने भन्दै उनले केही दिर्घकालिन सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । बुटवलमा रहेको सडक डिभिजन भित्रको जग्गामा उपयुक्त बिकल्प हुने उनले दाबी गरे । यस क्षेत्रका ५ सय बढि विभिन्न संघसंस्थाहरुको सहयोगमा वार्षिक ३५ हजार युनिट रगत संकलन गर्दै आएको संस्थालाई ब्यवस्थित गर्ने जिम्मेवारी नगर र नगरबासीको भएको उनले बताए ।

कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले साझा एजेन्डा बनाएर अस्पताल नजिक नै योजना बनाउन जरुरी रहेको बताए ।
यसैगरि वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले सार्वजनिक जग्गा ब्यक्तिबाट ओगटिरहेको बेला सामाजिक भावना बोकेको संस्था जग्गा खोजीमा रहनु दुखद भएको बताए । यस्तो विषयमा गम्भिर भएर लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा पुर्व केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठले हाल केन्द्रमा ए ग्रेडको ब्लड बैक भृकुटीमण्डपमा संचालन भईरहेको बताए । थाई रेडक्रसको ४६ करोड रुपैया सहयोगमा निर्माण भएको उनले बताए। केन्द्रको डिपिआरलाई अध्ययन गरेर अघि बढाउन सुझाव दिए । पटकपटक सरकारसंग आग्रह गर्दा पनि सुनुवाई नभएको दुखेसो गरे । भैरहवामा रेडक्रसको साढे ३ बिगाहा क्षेत्रफल जग्गा रहेको र दाताहरु पनि पर्याप्त तयार रहेको उनले बताए । सरकारबाट ब्लड बैक चलाउने र मूल्य एकरुपता महत्वपूर्ण विषय भएको उनले बताए ।

कार्यक्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले प्रस्तावनाबारे अझै स्पष्ट नदेखिएको भन्दै हालको केन्द्रभन्दा अब बृहत् र फराकिलो सोचका साथ अघि बढ्न सुझाव दिए । आम सेवाग्राहीलाई सरल र सहज हुने गरि पुर्वाधार निर्माण गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा नेकपा एमाले बुटवल कमिटि अध्यक्ष किशन ज्ञवालीले सरकारबाट गरिनुपर्ने कार्यलाई महत्वपूर्ण योगदान दिदै आएको बताए । अस्पताल हाताभित्र ब्लड बैकको डिपिआर बनाउन जरुरी रहेको उनले बताए । अस्पतालदेखि टाढा केन्द्र चलाउन नहुने उनले तर्क दिए । ‘ब्लड चाहिने क्षेत्र अस्पताल हो ।’ —उनले भने । स्वयत्त रुपमा चलाउने संस्थालाई सरकारसंग समन्वय गरि संचालन गरिन सकिने हुदा पनि यसलाई अन्य समाजको आवश्यकता पर्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले रगत संकलन र वितरणको महत्वपूर्ण योगदान दिन सफल संस्थाकै आफ्नो भवन नहुनु दुखद भएको बताए । सबै सरोकारवाला संस्था लागेर पुर्वाधार युक्त सरकारी भवनमा सार्न सकिने उनले बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रस्तावित प्रदेश स्तरीय ख वर्षको रक्त संचार सेवा केन्द्र स्थापनाको तयारी नपुगेको बताए । हालको बुटवलको केन्द्र डि वा ई क्याटोगरीमा पर्छ । कर्णाली र मधेशप्रदेश बाहेक अन्य सबै प्रदेशमा प्रादेशिक स्तरको ब्लड बैक रहेको छ । नेपालमा हाल ए देखि ई क्लाससम्मका वर्गिकरण भएका ब्लड बैकहरु रहेको छ । नेपालमा केन्द्रमात्र बि क्लास को एकमात्र ब्लड बैक रहेको छ। लुम्बिनी प्रदेशमा नेपालगंजको बाकेको प्रादेशिक ब्लड बैक भनिएको छ ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष मित्रलाल न्यौपानेले प्रदेशको आफ्नै भवनमा निर्माण गरि सेवामा जोड दिएको बताए । अस्पतालको पहुच हुने स्थानमा अत्याधुनिक रक्त संचार केन्द्र स्थापना भएमा बिरामीलाई छिटो, छरितो, सर्वसुलभ र गुणस्तरीय सेवा दिन सकिने, रगत आपूर्तिमा सहजता हुने, रक्तदाताले सहज रुपमा रक्तदान गर्न सक्ने, सोधभर्नालाई न्यून गर्न सहयोग पुग्ने, रक्तदाताहरुको संख्यामा वृद्धि हुने उनले बताए ।

रुपन्देही जिल्ला शाखाका सभापति दिपक क्षेत्री नेउपानेले प्रदेश प्रादेशिक अस्पतालभित्र नै अत्याधुनिक सेवा केन्द्र स्थापना उपयुक्त हुने सुझावहरु आएको भन्दै यसमा सरोकारवालाहरुसंग फेरि पनि सरसल्लाह र सहयोग लिएर काम अघि बढ्ने बताए । बुटवलको रक्तसंचार केन्द्रलाई अस्पतालकै सेरोफेरोमा स्तोन्नती गरि सेवा बिस्तार आजको आवश्यकता भएको उनले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, रक्तदाता राजु रसाईलीले रक्तसंचार केन्द्रको महत्वलाई सबैले बुझन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?