© २०२३
बुटवल ।
प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा दुई दिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम विहिबार सम्पन्न भएको छ । तालिम समापनको अवसरमा बोल्दै प्रमख सहजकर्ता तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रोमाकान्त पाण्डेले सिकेका सीपलाई व्यवहारिक जीवनमा उतार्न आग्रह गरे ।
सूचना र प्रविधिले दिनप्रतिदिन फड्को मार्दै गएको समयमा सञ्चारकर्मीहरुले पनि सोही अनुसार आफूलाई परिमार्जित गर्नु पर्नेमा जोड दिए । तालिममा उपस्थित बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले प्रविधिको पूर्ण ज्ञान नहुँदा धेरै कुराबाट असुरक्षित हुनुका साथै प्राप्त अवसरहरु समेत गुमाउनु पर्ने बताउँदै समय अनुसार आफूलाई अपडेट गराउनु पर्ने उल्लेख गरे । रुपन्देहीमा क्रियाशिल २ दर्जन बढी प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजिकारण गरिएको थियो ।
तालिममा प्रेस चौतारी नेपालका सचिव प्रदिप आचार्य, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, बुटवल उपमहानगरका प्रेस विज्ञ सिपी खनाल लगायतले सहजीकरण गरेका थिए ।
प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडीयाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडीया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा बिकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई बिकसित र परिमार्जित गर्नु पर्ने बताए । सोही उद्देश्य अनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको बताए ।
तालिममा डिजिटलमिडियामा अवसर।र चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजीटल मिडियाका आयाम, सोसल मिडीयाको प्रयोग, समाचार स्रोत र ईस्यु बारे छलफल गरिएको प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष विपी गौतमले बताए ।