ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ?

पुल निर्माणको क्रममा दुई पटकसम्म निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचियो । सात वर्षसम्म पुल निर्माण हुन नसक्दा त्यस क्षेत्रका नागरिकले बर्षांैदेखि समस्या भोग्न बाध्य छन ।
१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

गुल्मी, १५ चैत । जिल्लाको मुसिकोट नगरपालिकाको बडिगाढ खोला अन्तर्गत झेँदीमा पुल बन्ने आशै आशामा सात वर्ष बितिसकेको छ । २०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । पुल निर्माणको क्रममा दुई पटकसम्म निर्माणको अन्तिम चरणमा पुल भाँचिएपछि सात वर्षसम्म पुल निर्माण हुन नसक्दा त्यस क्षेत्रका नागरिकहहरूले बर्षौंदेखि समस्या भोग्न बाध्य छन ।

दुइ पटकसम्म ढलान गर्दै गर्दा भाँचिएको पक्की पुलको यतिबेला डिजाईन परिवर्तन गरी तेश्रो पटक पुन निर्माण कार्य शुरु गरिएको छ । डिजाईन परिबर्तनपछि स्टल ट्रस ब्रिज निर्माणको काम शुरु गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत वामीको वडा नं.७ र बगागाउँको वडा नं.३ अन्तर्गत बडिगाढको झेँदीमा उक्त पुल निर्माण शुरु भएको होे । गुल्मीको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्य द्वार मानिन्छ । लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिसहरू कहिले पुल निर्माण होला भनेर प्रतिक्षामा बसिरहेका छन । पुल निर्माण कार्य अन्तिम चरणमा पुग्न लाग्दा विगतमा दुई पटकसम्म भाँचिएको झेँदी पुलको पुन : डिजाइन परिवर्तन गरेर यस पटक स्टिल ट्रस ब्रिज निर्माण गर्न लागिएको हो ।

स्वीस सरकारको चार करोड १४ लाख ४४ हजार सात सय २२ रूपैयाँको आर्थिक सहयोगमा गत वर्षदेखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको मोटरयोग्य सडक पुल कार्यक्रम (एमएलआरबिटि ) ललितपुरका टेक्निकल अधिकृत धिराजा पौडेलले जानकारी गराएका छन । आगामी असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले निकै सक्रियताका साथ काम अगाडि बढेको हुँदा समयमै काम सम्पन्न हुनेमा आफूहरू आशावादी भएको पौडेलले बताए । सम्झौता गरेपछि पनि पुलको डिजाइन केही संसोधन गर्नुपर्ने भएका कारण काममा केही ढिला भएको बताए ।

अहिले पुलको फाउण्डेशन निर्माण सहित अन्य निर्माणका कामहरू भइरहेको छ । बडिगाढ खोलाको झँेदीमा निर्माण हुन लागेको पुलको लम्बाई ५६.३० मिटर रहेको छ । अहिले स्टिल ट्रस ब्रिज निर्माण हुँदैछ । बडिगाढको झेँदी खोला पुल ०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाखको लागतमा पुल निर्माणको जिम्मा लिए पनि दुई पटक पुल भत्कीदा उक्त पुल अलपत्र परेको थियो । अहिले डिजाइननै परिवर्तन गरेर काम शुरु भएपछि बैशाखसम्म ट्रसको काम सकेर ढलान गर्ने योजना रहेको जलप कन्स्ट्रक्सनका सुपरभाइजर मोतिलाल शर्माले जानकारी दिएका छन । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले यस पटक झेँदीमा पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । उनले ठूलो मेहेनत गरेर पुलको डिजाइन परिवर्तन गरेपछि काम शुरु भएको भन्दै कामले गति लिएको बताएका छन । दुइ पटकसम्म भाँचिएको उक्त पुलले अब तेश्रो पटकमा भने पक्कै पूर्णता पाउने छ भन्नेमा यस क्षेत्रका नागरिकहरू आशावादी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?