© २०२३
बुटवल, ७ चैत । नेपाली सेनामा खुल्ला तथा समावेशी प्रतिस्प्रर्धाबाट छनौट भएका ५५ जना नवनियुक्त अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।
आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले नव नियुक्त अधिकृतहरूलाई दज्र्यानी चिन्ह प्रदान गर्दै शुभकामना दिए । नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरुका परिवारजनहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।