© २०२३
बुटवल, ७ चैत । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० का दुई शृंखला खेल्ने नेपाली १५ सदस्यीय टिमको घोषणा गरेको छ । आयरल्यान्ड र भारतको गुजरातमा खेलिने एसएमएस फ्रेन्डसिप कप खेल्ने रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
दुवै शृंखला नेपालबाहिर खेलिनेछन् । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह छन् । यस्तै, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजभण्डारी, करण केसी, सोमपाल कामी, प्रतीश जिसी, अविनाश बोहरा र आकाश चन्द छन् । आकाश पहिलोपटक टिममा परेका हुन् ।