© २०२३
बुटवल, २९ माघ ।
यही माघ २७ गते शनिबार दाङको सभ्यता पाठशालाको वार्षिकोत्सव भयो । सो कार्यक्रमको प्रमुख अतिथि थिए लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल । प्रदेश सरकारका मन्त्री निजी विद्यालयको प्रमुख अतिथी बन्न र उद्घाटनको रिवन काट्न बोलाइएका हुन् ? लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रममा सहभागी भए । यी त केही उदाहरण मात्र हुन् ।
नीति निर्माणमा जुटनुपर्ने प्रदेशका मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरू यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरू नै प्रभावित हुने गरेका छन् । प्रदेशका मन्त्रीहरु विद्यालय भवन र स्वास्थ्य चौकी उदघाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उदघाटन, सभा समारोहमा बढी समय बिताउने गरेका छन् ।
घोराहीमा रहेको मावि सौडियार विद्यालयको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) को तयारी पुरा भएको छ । यहि फागुन १ गते विद्यालयमा हुन लागेको भब्य समारोहको तयारी पूरा भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कँुवरले बताए । त्यो कार्यक्रमको प्रमुख अतिथि बन्न आउँदैछन् मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । मन्त्रीहरु उदघाटन लगायतका स–सना कार्यक्रममा जाँदा मन्त्रालयको काम प्रभावित हुनुको साथै राज्यलाई समेत करोडौ व्ययभार पर्दैै आएको छ । प्रदेश सरकारका एक जना मन्त्री दैनिक तीनदेखि पाँच वटा कार्यक्रममा सहभागी हुँदै आएका देखिन्छन् ।
कार्यक्रममा सहभागी हुने नाममा मन्त्रीहरु आफ्नो मन्त्रालयअन्तर्गत नपर्ने कार्यक्रममा समेत सहभागी हुने गरेका छन् । मन्त्री सहभागी हुने कार्यक्रमको तय कतिपयको सचिवालले गर्ने गरेको छ भने केही मन्त्रीहरुले आफैले निर्धारण गर्ने गरेका छन् । पछिल्लो समयमा अधिकाशं मन्त्रीहरु उदघाटन र समापन जस्ता कार्यक्रममा व्यस्त हुने गरेका छन् ।
कतिपय सकरारी अधिकारीहरुले नागरिकहरुले डेलिभरी खोजेको बताउँदै जनताको काम गर्नको लागि मन्त्रीहरुले पर्याप्त ध्यान नदिएको टिप्पणी गरेका छन् । मन्त्रीहरुले आफ्नो कार्ययोजना र चुनावमा गरेको वाचा अनुसार काम गर्न नसकेको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी