© २०२३
गैंडहवा ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग रूपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिकाको समन्वय एवं सहजीकरणमा पालिकाको वडा नं. ४ का अब्यवस्थित बसोबासीहरूलाई लालपूर्जा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले पछिल्लोपटक नेपालका २७ जिल्लामा आयोग गठन भएको र रूपन्देही देशभरमा पहिलो भएको उनको दाबी छ । उनले रूपन्देहीमा ३५ हजार पूर्जा तयार रहेको बताउँदै जनताले पुर्जा लिने वातावरण बनाउन दलहरूको पनि भुमिका रहने बताए ।
जनताको माग अनुसार काम गरिएको भन्दै उनले शुद्धोधनका सातै वडामा पुर्जा वितरण गरिने बताए । सो अवसरमा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै बर्षाैंदेखि रोकिएको काम पूरा गर्न सफल भएको र अहिलेको जिल्ला भूमि आयोगको क्रियाशीलताका कारण आफूहरूलाई काम गर्न सहज भएको बताए ।
बस्यालले लालपुर्जा वितरणका लागि राज्यले राजश्व घटाउनुपर्ने, भूमिहीनलाई सहज बनाउनुपर्ने उल्लेख गरे । बस्यालले पालिकाका सातवटै वाडमा कानुनले दिएका जग्गामा सिमांकन सकिएको र कित्ताकाट बाँकी रहेको र नापजाँचमा वडा अध्यक्ष, जनप्रतिनिधि र ७२ टोलविकास संस्थाले सहकार्य गरेर अघि बढ्नुपर्नेसबैलाई आग्रहसमेत गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी