© २०२३
दाङ, २२ माघ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले आर्थिक क्षेत्रको विकासका लागि पत्रकारिता महत्वपूर्ण रहेको बताएका छन् ।
चौतारी दाङले मनाएको २६ औ स्थापना दिवसका अबसरमा चौधरीले यस्तो धारणा राखेका हुन् । उनले पत्रकारिताका माध्यमबाट समाजमा सुशासन कायम हुने भएकाले खबरदारी गर्न आग्रह गरे ।
उनले नगरपालिकाबाट समानुपातिक तरिकाले विज्ञापन पाउनु पर्छ भन्ने पत्रकारहरूको गुनासोमा नगरपालिकाको विधि र कानुन अनुसार राजश्व नबुझाउने मिडियालाई विज्ञापन दिन नसकिने बताएका छन् । जसले सरकारको नीति र कानुन अनुसार राजश्व बुझाउँछन् त्यस्ता मिडियाहरूलाई नगरपालिकाले विज्ञापन र सुचना दिदै आएको बताएका छन् ।
चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले पत्रकारमा समस्या र चुनौती छ तर पत्रकारले सकारात्मक नकारात्मक समाचार प्रकाशन प्रसारण गर्न सवै पत्रकारहरूलाई आग्रह समेत गरेका छन् ।
यस वर्ष नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वलाई देशभर सर्वसम्मत बनाउन बहस र छलफल भईरहेको उनले बताएका छन् । त्यस्तै दाङलाई पनि सर्वसम्मत बनाउन सवै प्रेस संगठनलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, उपसचिव पुर्ण बुढाथोकी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, सञ्चारिका समूह दाङका अध्यक्ष सुलोचना गौतम, नेपाल प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, समाजवादी प्रेस संगठनका सुर्य विसी, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउले लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित चौतारी दाङका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सात जना पत्रकार पुरस्कृत
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा दाङमा ७ जना पत्रकार पुरस्कृत भएका छन् ।
जस अनुसार चौतारी योगदान पुरस्कारबाट जेएन सागर, चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले स्वर्गीय बुबा धनिराम केसीको स्मृतिमा स्थापना गरेको धनिराम स्मृति पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरे, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुर बुबाको स्मृतिमा स्थापना गरेको हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कारबाट रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीलाई प्रदान गरिएको छ ।
त्यसैगरी स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खनाल र प्रेस चौतारी प्रतिभा पुरस्कारबाट रेडियो हापुरेका सम्पादक रामप्रसाद सुवेदी, रेडियो प्रकृतिका चेतन वली, देउखुरी टुडे डटकमका समाचारदाता लक्ष्मी पोख्रेललाई प्रदान गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी