© २०२३
बुटवल ।
नेपाली कांग्रेसको यही माघ १६ देखि २६ सम्म जारी ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत सिद्धार्थनगर वडा नं. ९ गोलिगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाई कार्यक्रमको शुभारम्भ नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गले गरेका थिए । नेपाली कांग्रेस सिद्धार्थनगर वडा नं. ९ का सभापति श्याम सुन्दर खनालका अनुसार समुदायलाई सरसफाईप्रति जागरुक बनाउन यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेता गुरुङ्गले यस अभियानले टोल–छरछिमेकमा सरसफाईका साथ समाजमा बसोबास गरेका आम समुदायलाई स्वास्थ्यप्रति सजक रहन पनि सरसफाईमा ध्यान दिनुपर्ने कुरामा जनचेतना फैलाउन र पार्टीलाई तल्लो तहका समस्याहरुलाई नजिकबाट बुझ्न र समाधान गर्न सहज हुने बताए ।
सरसफाई कार्यक्रम गोलीगढ टोल सुधार समितिको सहयोग र समन्वयमा सम्पन्न भएको थियो भने सोही कार्यक्रममा सरसफाईका लागि आवश्यक झाडु, माक्स, ग्लोब्स आदि सामग्रीहरु सहयोग स्वरुप टोल सुधार समितिका संयोजक युवराज पाण्डेलाई हस्तातरण गरिएको थियो ।
सरसफाई कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव लेखनाथ भट्टराई, कोषाध्यक्ष कृष्ण खनाल, नगर सचिव अनिल कुमार के.सी., समाजसेवी राममिलन यादव, शिक्षक देवराज पन्थी, आकाश पौडेल, ओम खनाल, वडा नं. ९ का सचिव फणेन्द्र पौडेललगायतले सहभागिता जनाएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी