© २०२३
बुटवल, १६ माघ ।
नेकपा एमाले रुपन्देहीको सचिवालय बैठक मंगलबार बसेको छ । बैठकले यही माघ २२, २३ र २४ ते जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी केन्द्रबाट प्राप्त अन्तर पार्टी निर्देशन अध्ययन गर्नुका साथै जिल्ला अधिवेशनका बरेमा समेत छलफल गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । बैठकले जिल्ला अधिवेशन पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुसँगको समन्वयमा तोक्ने निर्णय गर्दै आगाामी फागुन र चैत महिनामा सदस्यता नवीकरढा अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै फागुनमा पालिका र वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए । बैठकले मुक्ति समाज रुपन्देहीको इन्चार्जमा सुरेन्द्र श्री र प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशन (पिन)ं रुपन्देहीको इन्चार्जमा मेघदेव पन्तलाई मनोनयन गरेको छ ।
बैठकलाई संबोधन गर्दै एमाले नेता एवं रुपन्देही इन्चार्ज दलबहादुर रानाले अन्तर पार्टी निर्देशन अनुसार काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । उनले देशको समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै सत्तारुढ गठबन्धनका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको बताए ।
बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।