© २०२३
तुलसीपुर ।
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताउछन् ।
“कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ”, उनले भने, “त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ ।”
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपानकक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।
रु ४३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । नयाँ वडाको चारकोठे भवन निर्माण भएको हो । सोही वडामा छ हजार जनसङ्ख्या रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी