Butwal Today

प्रदेश सभा सचिवालयभित्रै छोराछोरीको जन्मदिन !

लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा जन्मदिन मनाउँदै कर्मचारीहरु । प्रदेश सभा सचिवालयको परामर्श बैठक कक्ष तथा पुस्तकालयमा जन्मदिन मनाउँदै गरेका तस्बिरहरु सामाजिक संजालमा देख्न सकिन्छ ।
८ माघ २०८०, सोमबार
अ+
अ-

बुटवल, ८ माघ ।

पछाडि पट्टि चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा, भित्ताभरी पुस्तकहरुले सजिएको पुस्तकालय । झ्यालको पर्दामा हेप्पी वर्थ डे लेखिएको व्यानर सहित कार्यालय निगरानीका लागि राखिएको सिसिटिभी क्यमेराको दृश्य अवलोकन गर्ने टिभीको पर्दामा आवाज सहितको हेप्पी वर्थ डे हेप्पी वर्थ डे भनेर टेवुलमा केकसँगै कार्यालय भित्रै कर्मचारीको भोज ।

उनी प्रदेश सभा सचिवालयका कर्मचारी कम्प्युटर अपरेटर विवश बोहरा हुन् । उनले आफ्नी ८ बर्षीया छारी उर्बशी बोहराको जन्मदिन कार्यलयको कक्षमा मनाएका छन ।

घर या कुनै होटलमा पारिवार जमघट गरी जन्मदिन मनाउनु राम्रो पक्ष हो तर कर्मचारी हो भन्दैमा यसरी कार्यालयकै कक्षमा भोज सहित छोराछोरीको जन्मदिन मनाउनु कति जायज होला ? सरकारी कार्यालयहरु सरकारी कामको लागि प्रयोग गरिन थलोको रुपमा बुझिन्छ तर यो भने कुनै होटल हो या व्यक्तिको घर छुट्टयाउन नसकिने जस्तै देखिन्छ ।

पछिल्लो समय प्रदेशको आवश्यकता र औचित्य माथि उठेका नागरिकका प्रश्नलाई प्रदेश सरकारले स्पष्ट पार्न नसकेको अवस्थामा प्रदेश सभाकै कर्मचारीको यस्तो हर्कतले प्रदेश प्रति नागरिकमा थप वितृष्णा पैदा गर्ने देखिनेछ ।