ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कानुन निर्माणमा लुम्बिनी प्रदेशसभाको स्थानीय तहसँग सहकार्य

६ माघ २०८०, शनिबार
६ माघ २०८०, शनिबार

सुुनवल, ६ माघ ।

कानुन निर्माणमा एकरुपता कायम गर्न लुम्बिनी प्रदेश सभाले स्थानीय तहहरुसँग समन्वय सुरु गरेको छ । प्रदेश सभामुख तुलाराम घर्तीले प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरुसँग छलफल गर्दै आएका छन् । शनिबार पश्चिम नवलपरासीका स्थानीय तहका जनप्रतिनिधिसंग भएको अन्तत्र्रिmयाका क्रममा प्रदेश सभामुख घर्तीले स्थानीय तहको कानुन निर्माण प्रक्रिया र कानुन कार्यान्वयनमा परेका जटिलताका विषयमा जानकारी लिएका छन् ।

संघीयता कार्यान्वयनको छोटो समयमै व्यवस्था माथि नै प्रश्न खडा भएको बताउँदै सभामुख घर्तीले संघीयता मजबुत बनाउन पनि तिनै तहका सरकारबिच समन्वय आवश्यक भएको बताए । कानुन निर्माणमा एकरुपता कायम गरी प्रदेश र स्थानीय तहबिचको दुरी कम गर्न प्रदेश सभाले स्थानीय तहसंगको छलफल र सहकार्यलाई जोड दिएको उनको भनार्ई थियो ।

जनप्रतिनिधि संगको अन्तरक्रिया पछि भुमहिमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तिले तिन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्नुपर्ने अहिलेको शासन प्रणालीकै मुल मर्म भएपनि कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।

प्रदेशले निर्माण गरेका कानुनका विषयमा स्थानीय तहले जानकारी पाउने र स्थानीय तहले बनाएका काननुका विषयमा प्रदेश जानकार भएमा कार्यान्वयनमा जटिलता नआउने सभामुख घर्तिले बताए । कानुन निर्माणमा तहगत सरकार बिच समन्वय नहुँदा अहिले कार्यान्वयनमा चुनौति खडा भईरहेको बताउदै काम गर्छु भन्ने जनप्रतिनिधिलाई पनि कानुनी अप्ठ्यारो परेको उल्लेख गरे ।

सो क्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले सीमित स्रोत साधन र कानुनको अभावमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको गुनासो गरेका छन् । सभामुख घर्तिले हिउदे अधिवेशन मार्फत स्थानीय तहको कार्यसम्पादनमा सहजताका लागि स्थानीय तह निजामती ऐन प्रदेशसभामा पेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश र स्थानीय तहले आ–आफ्नो तरिकाले कानुन निर्माण गर्दा कार्यान्वयनमा अप्ठ्यारो सृजना भएको भन्दै प्रदेश सभाले स्थानीय तहका जनप्रतिनिधिसंग छलफल सुरु गरेको हो । प्रदेश सभाले नवलपरासी सहित लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाका जनप्रतिनिधि संग छलफल गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?