ट्रेंडिंग:

>> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’

सांस्कृतिक विविधताको पर्व माघी

१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

नेपाल बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त मुलुक हुनुको नाताले बाहै्र महिना कुनै न कुनै जात जातिको विशेषता अंकित संस्कृति झल्किने गर्दछ । यसैक्रममा माघ महिना थारु आदिवासी जातिको संस्कृतिले आफ्नो पहिचान माघीका रूपमा स्थापित गरेको छ । माघ १ गतेलाई थारु समुदायले माघीको रूपमा मनाउने गर्दछन भने गुरुङ समुदायले समेत माघीलाई अवसरकै रूपमा मनाउने गरेको छ । यो वर्ष पनि माघीको रौनक नेपालका तराईमा छाएको छ भने यो क्रम एक महिनासम्म हुने कतिपय संस्कृतिविदहरू वताउने गर्दछन । माघी महोत्सवको रौनक जारी रहेकै अवस्थामा थारु सहित हरेक जातिका नयाँ पुस्ता र युवा पिँढीले आफ्नो जातीय संस्कृति र परम्परा बिर्सदै विदेशी संस्कृति र फेसन अनुसरण गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता गर्ने क्रम समेत बढेको छ । निश्चित रूपमा पुरानो संस्कार र संस्कृति अहिले विर्सिदै गएको साँचो हो । चाहे त्यो कुनैपनि संस्कृति भएको जनताको होस् । पुरानो संस्कृति हराउँदै जानु र नयाँ संस्कृतिको विकास हुनु जीवनचक्र जस्तै हो । यद्यपि नेपालका परम्परा संरक्षण गर्ने दायित्व राज्यको हो र त्यसमा नेपाली जनताले भरथेग गर्नु जरुरी छ ।

अहिले पश्चिम र सुदूर पश्चिम प्रदेशमा माघी महोत्सवको रौनकले थारु समुदायलाई छोपेको छ । माघीका अवसरमा सुदूर पश्चिम तराईमा जारी बरघर प्रथा जीवित रहेको छ भने हरूवा चरुवा प्रथाको अन्त्य अझै नभएको पाइएको छ । पश्चिम तराईमा भने पुरानो हरूवा चरुवा प्रथाको अन्त्य भएको देख्न सकिन्छ । यसरी माघीका नाममा तराईमा अनेक संस्कार र संस्कृतिले प्रश्रय पाएका छन । थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा समेत मनाउने गरेको छ । विविध आयामले भरिएको माघी थारु समुदायका लागि खुशीको पर्व पनि हो । यसक्रममा उनीहरूले एक वर्ष आफूले गर्ने कामको जिम्मेवारीको फाँटवारी समेत लगाउने गर्दछन । जमिन्दारको घरमा हरूवा चरुवा वस्ने कमैयाहरूले माघीकै अवसरमा मुक्त भएको घोषणा गर्ने अवसरका रूपमा लिने गरेका छन । थारु समुदायको परम्परा र संस्कृतिको चर्चा गरिरहँदा यी परम्परा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेका छन । थारु समुदायको आफ्नै खानपान छ, रहनसहन छ, संस्कृति र परम्परा छ । तर यी परम्परा लोप भैरहँदा संरक्षणको चासो थारु अगुवाहरूले लिनु जरुरी छ । निश्चित रूपमा माघीको रौनक पनि पहिलेजस्तो अहिले छैन । थारु समुदायमा जुन रौनक आउनुपथ्र्यो त्यो क्रमशः घट्दै गएको छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ ।

कुनैपनि जातजातिको संस्कृति संरक्षण गर्ने पहिलो दायित्व त्यही समूहको हुन जान्छ । त्यसकारण थारु समुदायका अगुवाहरू नै यस विषयमा गंभीर हुनु जरुरी छ । नेपाललाई चार जात छत्तिस वर्णको फूलवारी भनेजस्तै यहाँ रहेका मौलिक परम्पराको संरक्षणका लागि पनि ती जातजातिकै ध्यान जानु जरुरी छ । पछिल्लोसमय प्रदेश सरकारले पनि माघीलाई विशेष महत्व दिएको छ । यो खुसीको कुरा हो । लुम्बिनी प्रदेश सरकारले त माघीका अवसरमा सार्वजनिक विदा दिएर यो पर्वलाई विशेष प्राथमिकता दिएको छ । हरेक जात जातिको आ–आफ्नै मौलिक परम्परा र महत्व हुन्छ । माघी पर्व पहिले थारु समुदायको भन्ने गरिएपनि पछिल्लोसमय यो सवै जातजातिको पर्वका रूपमा विकास हुँदै गएको छ । माघीमा नेपालका प्रसिद्ध तीर्थस्थलहरू देवघाट, त्रिवेणी, रिडी लगायत स्थानमा स्नान गर्न जाने परम्परा बढ्दै गएको छ । माघीकै अवसरमा पहाडी समुदायले पनि विभिन्न परिकार बनाएर खाने चलन बढ्दै गएको छ । यसले नेपाल विविध सँस्कृति र विविधताको संगम हो भन्ने चरितार्थ भएको छ । जसरी माघीले अनेकता बोकेको छ, त्यसरी नै अरू चाडपर्वलाई पनि सवै जातजाति, भाषाभाषी र स्थान विशेषले पनि महत्व दिएर मनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?