© २०२३
भैरहवा, २८ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको मिडिया साक्षरता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफु दल भन्दा माथि उठेर सबै क्षेत्रको विकासको लागि काम गरिरहेको बताए । उनले आफूले प्रतिनिधित्व गरेको पार्टी निकटका पत्रकारहरु नरहेको बताउँदै आफू कसैप्रति आग्रह वा पूर्वाग्रह राख्नु पर्ने अवस्थामा नरहेको बताए । “मेरो दल निकट कुनै पत्रकार छैनन् त्यसैले पनि मलाई सबैको पक्षमा सहज ढंगले काम गर्ने अवसर छ’’ उनले भने । उनले प्रदेश सरकारका तर्फबट बनाउनुपर्ने कानुन र अन्य सञ्चार क्षेत्रको सबलीकरणका काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मिडिया साक्षरता अहिलेको आवश्यकता रहेको बताए । “मिडिया कर्मी र आम नागरिकको लागि पनि मिडिया साक्षरता आवश्यक छ“ उनले भने, “समग्र मिडियाको प्रक्रियाबारे आमनागरिक पनि जानकार हुन जरूरी छ ।”
मिडियाबारे कुनै गुनासो भएको खण्डमा कसरी कानुनी उपचार खोज्ने भन्ने विषय पनि आम नागरिकले जान्नुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले मिडिया साक्षरताले मिडियाकर्मी र नागरिकको सम्बन्धमा मजबुत बनाउन समेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले लुम्बिनी प्रदेश सरकारले गतवर्ष अनलाइन पत्रिकालाई दिएको अनुदान कटौती गरेकोमा दुःख व्यक्त गरे । संचारको विकासका लागि काम गर्छु भन्ने सरकारले मिडियाले पाउँदै आएको अनुदान कटौती गर्न नहुने उनको भनाई छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका पत्रकारलाई मिडिया साक्षरता दिने गरी कार्यक्रम तय भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, रुपन्देही शाखाका उपाध्यक्ष अमृता अनमोल, प्रदेश सदस्य मिना ढकाल लगायतले बोल्दै मिडिया साक्षरता जनप्रतिनिधिसमक्ष पु¥याउनुपर्नेमा जोड दिए । तालिममा रूपन्देही र नवलपरासीका २५ जना पत्रकार सहभागी छन् ।
भिडियो सामग्री
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी