© २०२३
बुटवल, २६ पुस ।
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् । बुधवार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले यस्तो व्यवस्था लागू गर्न सबै कार्यलय प्रमुख हरुलाई निर्देशन दिएका छन ।
मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन पाउने व्यवस्था गरेको बताएका छन् । उनले भने, “कतिपय यातायात कार्यालयहरुले निर्णय विना नै ट्रयाल सेन्टरलाई केही रकम तिरेर सेन्टरकै साधन प्रयोग गर्नुपर्ने व्यवस्था रहेको र आफ्नो साधन प्रयोग गर्न भने निषेध गरिएको धेरै जनगुनासो आएपछि सबैलाई सहज ट्रयालको लागि स्वेच्छाले ट्रयाल पाउने व्यवस्था मिलाएको बताए ।
यातायात व्यवस्था कार्यालय, रूपन्देहीका निमित्त कार्यालय प्रमुख सुमन पौडेलले मन्त्रीले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिएको बताए ।
“हामी कार्यालय प्रमुखसँग बसेको बैठकमा मन्त्रीज्यूले सेवाग्राहीलाई उनीहरूकै सवारी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन भन्नुभएको छ,” पौडेलले भने, “केही यातायात कार्यालयमा तोकिएकै सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था थियो । अब लुम्बिनी प्रदेशका सबै कार्यालयमा यो व्यवस्था लागू हुन्छ ।” सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि मन्त्री थापाले यस्तो निर्देशन दिएको पौडेलले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी