Butwal Today

एफइसी सहकारीले ग-यो स्थापना दिवसमा सडक सरसफाई

२० पुष २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २० पुस ।

एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा सडक सरसफाई गरेको छ ।

संस्थाको २९ औं स्थापना दिवसको अवसरमा विविध सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत शुक्रबार तिलोत्तमा नगरपालिकाको मंगलापुर चोकमा सरसफाई कार्यक्रम गरेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । सरसफाई कार्यक्रममा सहकारीका अध्यक्ष तारानाथ कंडेलसहित पदाधिकारी तथा सदस्यहरुका साथै कर्मचारीहरु समेत सहभागी थिए ।

सहकारीले स्थापना दिवसकै अवसरमा शनिबार रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ । संस्थाले बिगतका वर्षहरुदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको छ ।